back
CTIZAN AD

‘ए’ डिभिजन लिग : दशौ चरणका खेल आजदेखि

वि.सं.२०७५ पुस ६ शुक्रवार

570 

shares

 

६ पुस, काठमाडौ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको १०औँ चरणका खेल आजदेखि हुँदैछन् ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाका अनुसार १०औँ चरणमा खेल शुक्रबार तीन, शनिबार र आइतबार दुई-दुई खेल हुनेछन् ।

शुक्रबार पहिलो खेल सरस्वती युथ क्लब र मच्छिन्द्र क्लब तथा दोस्रो खेल हिमालयन शेर्पा क्लब र फ्रेण्ड्स क्लबबीच हुनेछ । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् । तेस्रो खेल जावलाखेल युथ क्लब र न्यूरोड टिम एनआरटीबीच हुनेछ । खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा हुनेछ ।

त्यसैगरी शनिबार दुई खेल हुनेछन् । पहिलो खेलमा थ्रीस्टार र च्यासल युथ क्लबबीच खेल हुनेछ भने दोस्रो खेल सङ्कटा क्लब र ब्रिगेड ब्वाइजबीच हुनेछ । दुवै खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा हुनेछ ।

दशौँ चरणको अन्तिम खेल आइतबार हुनेछन् । आइतबार पहिलो खेल दुई विभागीय टोली त्रिभुवन आर्मी र एपिएफबीच हुनेछ । दोस्रो खेल नेपाल पुलिस मनाङमस्र्याङ्दी क्लबबीच हुनेछ ।

लिगअन्तर्गत नवौँ चरणका खेल सकिँदासम्म मनाङ शतप्रतिशत नतिजासहित २७ अङ्कको साथ तालीकाको शीर्ष स्थानमा छ । मनाङलाई पछ्याइरहेको सङ्कटाको २४ अङ्क रहेको छ । २२ अङ्कका सात थ्रीस्टार तेस्रो, १८ अङ्कका साथ त्रिभुवन आर्मी चौथो, १५ अङ्कसहित नेपाल पुलिस पाँचौँ, १४ अङ्कका साथ हिमालयन शेर्पा छैटौँ, १३ अङ्कका साथ च्यासल युथ क्लब सातौँ स्थानमा छन् ।

यसैगरी १३ अङ्कका साथ एपिएफ आठौँ, १० अङ्कका साथ सरस्वती नवौँ, आठ अङ्कका साथ जावलाखेल युथ क्लब १०औँ, ब्रिगेड ब्वाइज, फ्रेण्डस, मच्छिन्द्र र न्यूरोड टिम ९एनआरटी० क्रमशः ५, ५, ३ र १ अङ्कसहित ११औँ, १२औँ, १३औँ र १४औँ स्थानमा छन् ।

लिगको कूल ९१ खेलमध्ये हालसम्म ६२ खेल सकिइसकेको छ भने अब २९ खेल बाँकी रहेका छन् ।

वि.सं.२०७५ पुस ६ शुक्रवार ११:१७ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...