back

प्रस्ताव सर्वसम्मतिले स्वीकृत

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

639 

shares
GLOBAL IME AD
NTC AD

९ कात्तिक,  काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक, २०७२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

त्यसअघि, बैठकमा प्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्याण मन्त्री पुष्पकमल दाहालका तर्फबाट कानुनमन्त्री अजयशङ्कर नायकले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै, बैठकले नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक २०७२ लाई पनि दफावार छलफलका लागि समितिमा पठाउन सर्वसम्मतिले स्वीकृति प्रदान गरेको छ । त्यसअघि, बैठकको प्रारम्भमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मन्त्रालयको कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । रासस

वि.सं.२०७३ कात्तिक ९ मंगलवार १२:३२ मा प्रकाशित

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

देवचुली । प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशाला कार्यक्रम सप्पन्न...

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

दार्चुला । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय...

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

काठमाडौँ । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

काठमाडौँ । नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२...

साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा घोर्ले भिर

साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा घोर्ले भिर

फिक्कल (इलाम) । ठाडो स्वरुप, टाढाबाट पर्खालजस्तो देखिने चट्टानी बनावटमा...