back
CTIZAN AD

अबको निर्वाचनमा ३८ देखि ४० लाख मतदाता बढ्न सक्ने प्रमुख निर्वाचन आयुक्त : डा यादव

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

906 

shares

ayodhi-prasad-yadav

९ कात्तिक, इटहरी  । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले जनलिखित संविधानले निर्वाचन आयोगलाई धेरै अधिकार र जिम्मेवारी दिए पनि आर्थिक अभावका कारण पर्याप्त काम गर्न नसक्ने अवस्था रहेको बताउनुभएको छ ।

आयोगद्वारा आज सुनसरीको इटहरीमा आयोजित “मतदाता सङ्कलन तथा अद्यावधिक कार्यक्रम” बिषयक तीनदिने क्षेत्रीय कार्यशाला गोष्ठिको उद्घाटनगर्दै उहाँले आम मतदाता सचेतनादेखि उनीहरुको अधिकार रक्षाका लागि काम गर्ने दायित्व संविधानले दिए पनि आर्थिक अभावका कारण आयोगले पर्याप्त काम गर्न नसक्ने बताउनुभयो ।

प्रमुख आयुक्त डा यादवले विश्वका कतिपय मुलुकमा मतदाता नामावली चुस्त–दुरुस्त गर्न नसक्दा निर्वाचन रोकिएका धेरै उदाहरण रहेको उल्लेख गर्दै जटिल अवस्थामा पनि निर्वाचन आयोगले नेपाली नागरिकको मतदान गर्ने अधिकारलाई अद्यावधिक गर्ने काम गर्दै आएको छ भन्नुभयो ।

लामो समय स्थानीय निकायको निर्वाचन हुन नसक्दा झन्डै एउटा पुस्ताले मतदानको अधिकार प्रयोग गर्न नपाएको दृष्टान्त प्रस्तुत गर्दै उहाँले नेपाली मतदाताले निर्वाचनमा मतदान गर्दाको कति दिनअगाडि बालिक भएका मतदातालाई मतदानको अवसर प्रदान गर्ने भन्ने विषयमा व्यापक छलफल चलाइरहेको जानकारी दिनुभयो ।

प्रमुख आयुक्त डा यादवले अनेकौं चुनौतीका बाबजुद पनि आयोगले निर्वाचनसम्बन्धी सबै प्रक्रियालाई चुस्त–दुरुस्त राख्नै पर्ने संवैधानिक अधिकारलाई सम्पादन गर्ने उद्देश्यका साथ आयोग अगाडी बढिरहेको चर्चागर्दै पारदर्शी र विश्वसनीय ढङ्गले मतदाता नामावली अद्यावधिक गर्नका लागि २५ जिल्लाका जिल्ला निर्वाचन अधिकृतका लागि यो क्षेत्रीय प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो भन्नुभयो ।

निर्वाचन शिक्षा, निर्वाचन कानुन तथा निर्वाचन सम्बन्धी विविध निर्देशिका आउन वा ल्याउनुपर्ने विषय अझै थाती रहेको अवस्थामा पनि आफूलाई आगामी चैतभित्रमा निर्वाचनसम्बन्धी तयारी सक्न हतारो परिरहेको बताउँदै उहाँले भन्नुभयो – धेरै विषयमा आयोगले तत्काल काम गर्न नसक्ने भएकाले नियमित रुपमा आफूलाई पनि अद्यावधिक तुल्याई राख्नुपर्ने भएकाले आयोगले धमाधम कार्य अघि बढाइरहेको हो ।

प्रमुख आयुक्त डा यादवले अबको निर्वाचनमा ३८ देखि ४० लाख मतदाता बढ्न सक्ने सम्भावना रहेकाले कोही नछुटून र कोही नदोहोरिऊन् भन्ने विषयमा आफूलाई सधैँभरि सक्रिय तुल्याउन र प्रविधिको उच्चतम प्रयोग गरेर मतदातालाई शान्तिपूर्वक आफ्नो नाम मतदाता नामावलीमा दर्ता गर्ने अवसर उपलब्ध गराउन प्रहरी प्रशासनले समेत विशेष सक्रियता बढाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

कार्यक्रममा सुनसरी जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले निर्वाचन आयोगले देखाएको सक्रियताले आम मतदातालाई निर्वाचन होला कि भन्ने विश्वास जागृत हुन थालेको बताउनुभयो ।

आयोगका सहसचिव लक्ष्मीप्रसाद यादवले कुनै पनि मतदाताले मताधिकार प्रयोग गर्ने अवसरबाट वञ्चित हुन नपरोस् भनेर जिल्लामा सहज ढङ्गले फोटोसहितको मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई चुस्त राख्नुपर्ने बताउँदै यसका लागि आवश्यक पर्ने ज्ञान सीप प्रदान गर्न यो प्रशिक्षण कार्यक्रम गरिएको हो भन्नुभयो ।

प्रशिक्षण कार्यक्रममा २५ जिल्लाका निर्वाचन अधिकृतको सहभागिता रहेको छ । रासस

वि.सं.२०७३ कात्तिक ९ मंगलवार १२:३९ मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...