back

अबको निर्वाचनमा ३८ देखि ४० लाख मतदाता बढ्न सक्ने प्रमुख निर्वाचन आयुक्त : डा यादव

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

402 

shares
GLOBAL IME AD
NTC AD

ayodhi-prasad-yadav

९ कात्तिक, इटहरी  । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले जनलिखित संविधानले निर्वाचन आयोगलाई धेरै अधिकार र जिम्मेवारी दिए पनि आर्थिक अभावका कारण पर्याप्त काम गर्न नसक्ने अवस्था रहेको बताउनुभएको छ ।

आयोगद्वारा आज सुनसरीको इटहरीमा आयोजित “मतदाता सङ्कलन तथा अद्यावधिक कार्यक्रम” बिषयक तीनदिने क्षेत्रीय कार्यशाला गोष्ठिको उद्घाटनगर्दै उहाँले आम मतदाता सचेतनादेखि उनीहरुको अधिकार रक्षाका लागि काम गर्ने दायित्व संविधानले दिए पनि आर्थिक अभावका कारण आयोगले पर्याप्त काम गर्न नसक्ने बताउनुभयो ।

प्रमुख आयुक्त डा यादवले विश्वका कतिपय मुलुकमा मतदाता नामावली चुस्त–दुरुस्त गर्न नसक्दा निर्वाचन रोकिएका धेरै उदाहरण रहेको उल्लेख गर्दै जटिल अवस्थामा पनि निर्वाचन आयोगले नेपाली नागरिकको मतदान गर्ने अधिकारलाई अद्यावधिक गर्ने काम गर्दै आएको छ भन्नुभयो ।

लामो समय स्थानीय निकायको निर्वाचन हुन नसक्दा झन्डै एउटा पुस्ताले मतदानको अधिकार प्रयोग गर्न नपाएको दृष्टान्त प्रस्तुत गर्दै उहाँले नेपाली मतदाताले निर्वाचनमा मतदान गर्दाको कति दिनअगाडि बालिक भएका मतदातालाई मतदानको अवसर प्रदान गर्ने भन्ने विषयमा व्यापक छलफल चलाइरहेको जानकारी दिनुभयो ।

प्रमुख आयुक्त डा यादवले अनेकौं चुनौतीका बाबजुद पनि आयोगले निर्वाचनसम्बन्धी सबै प्रक्रियालाई चुस्त–दुरुस्त राख्नै पर्ने संवैधानिक अधिकारलाई सम्पादन गर्ने उद्देश्यका साथ आयोग अगाडी बढिरहेको चर्चागर्दै पारदर्शी र विश्वसनीय ढङ्गले मतदाता नामावली अद्यावधिक गर्नका लागि २५ जिल्लाका जिल्ला निर्वाचन अधिकृतका लागि यो क्षेत्रीय प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो भन्नुभयो ।

निर्वाचन शिक्षा, निर्वाचन कानुन तथा निर्वाचन सम्बन्धी विविध निर्देशिका आउन वा ल्याउनुपर्ने विषय अझै थाती रहेको अवस्थामा पनि आफूलाई आगामी चैतभित्रमा निर्वाचनसम्बन्धी तयारी सक्न हतारो परिरहेको बताउँदै उहाँले भन्नुभयो – धेरै विषयमा आयोगले तत्काल काम गर्न नसक्ने भएकाले नियमित रुपमा आफूलाई पनि अद्यावधिक तुल्याई राख्नुपर्ने भएकाले आयोगले धमाधम कार्य अघि बढाइरहेको हो ।

प्रमुख आयुक्त डा यादवले अबको निर्वाचनमा ३८ देखि ४० लाख मतदाता बढ्न सक्ने सम्भावना रहेकाले कोही नछुटून र कोही नदोहोरिऊन् भन्ने विषयमा आफूलाई सधैँभरि सक्रिय तुल्याउन र प्रविधिको उच्चतम प्रयोग गरेर मतदातालाई शान्तिपूर्वक आफ्नो नाम मतदाता नामावलीमा दर्ता गर्ने अवसर उपलब्ध गराउन प्रहरी प्रशासनले समेत विशेष सक्रियता बढाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

कार्यक्रममा सुनसरी जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले निर्वाचन आयोगले देखाएको सक्रियताले आम मतदातालाई निर्वाचन होला कि भन्ने विश्वास जागृत हुन थालेको बताउनुभयो ।

आयोगका सहसचिव लक्ष्मीप्रसाद यादवले कुनै पनि मतदाताले मताधिकार प्रयोग गर्ने अवसरबाट वञ्चित हुन नपरोस् भनेर जिल्लामा सहज ढङ्गले फोटोसहितको मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई चुस्त राख्नुपर्ने बताउँदै यसका लागि आवश्यक पर्ने ज्ञान सीप प्रदान गर्न यो प्रशिक्षण कार्यक्रम गरिएको हो भन्नुभयो ।

प्रशिक्षण कार्यक्रममा २५ जिल्लाका निर्वाचन अधिकृतको सहभागिता रहेको छ । रासस

वि.सं.२०७३ कात्तिक ९ मंगलवार १२:३९ मा प्रकाशित

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ...

ग्यास उद्योगीको आन्दोलन स्थगन

ग्यास उद्योगीको आन्दोलन स्थगन

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर...

गृहमन्त्रीलाई कारबाहीको माग गर्दै जनकपुरमा प्रदर्शन

गृहमन्त्रीलाई कारबाहीको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकमाथि छानबिन र कारबाहीको माग राखी...

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको...

छोरीलाई शिक्षा दिएर बालविवाह रोकथान गर्न सकिन्छ : मुख्यमन्त्री सिंह

छोरीलाई शिक्षा दिएर बालविवाह रोकथान गर्न सकिन्छ : मुख्यमन्त्री सिंह

जनकपुर । मधेस प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरिबीको रेखामुनि रहेका...

अवसरको उपयोग गर्न उपप्रधानमन्त्री सिंहको जोड

अवसरको उपयोग गर्न उपप्रधानमन्त्री सिंहको जोड

पाटन (ललितपुर) । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शैक्षिक...