back
CTIZAN AD

वाग्मती मुहानबाटै फोहर नगर्न जनजागरण अभियान

वि.सं.२०७५ पुस २० शुक्रवार

651 

shares

२० पुस, काठमाडौ ।  मुहानदेखि नै उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीलाई सफा बनाउने उद्देश्यले जनजागरणमूलक अभियानलाई तीव्र बनाइएको छ ।

वाग्मतीको मुहानस्थित वाग्द्वारदेखिकै नदीलाई फोहर मिसिन नदिन वाग्मती सुन्दरता सरोकार मञ्चले गोकर्णेश्वर नगरपालिका–१ मा भेला गरेको छ । भेलाले श्रीहरी पोखरेलको नेतृत्वमा कार्यसमिति चयन गरेको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जस्थित वाग्मतीको मुहान क्षेत्र नगरपालिकाको वडा नं १ मै पर्छ ।

समितिका अध्यक्ष पोखरेलले मुहान क्षेत्रदेखि नै फोहर हाल्न नदिन नागरिक संस्थाका रुपमा खबरदारी गर्ने बताए । वडा अध्यक्ष राम मानन्धरले वाग्मती सफाइ अभियानलाई नगरपालिकाले नमूनाका रुपमा अघि बढाउने बताए । मञ्चका संयोजक उत्तम पुडासैनीले स्वाभिमान र आत्मसम्मानलाई जोगाउने हो भने सफा नेपालका लागि घर घरबाट अभियान चलाउनुपर्ने बताए । कार्यक्रममा एकीकृत विकास समाजका सञ्चार विज्ञ निमेश रेग्मी लगायतका वक्ताले सफाइ अभियानलाई पहिलो प्राथमिकताका रुपमा राख्नुपर्नेमा जोड दिए ।

यसैगरी कागेश्वरी मनोहरा नगरपालिका–९ मा नगरस्तरीय सरसफाइ समितिको नाममा मञ्चको वडासमिति गठन भएको छ । नगरपालिकाकी उपप्रमुख विन्दु पुडासैनी सिङ्खडाको उपस्थितिमा भेला भएको थियो । घरघरबाट सफाइ अभियान शुरु गरिनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा वडाअध्यक्ष कुन्दन खड्काले सफाइ अभियानमा वडालाई नमूना बनाउने प्रतिबद्धता जनाए । भेलाले वडा सदस्य डोलनाथ पोखरेलको संयोजकत्वमा नयाँ वडा समितिसमेत गठन गरेको छ । दुबै वडामा गठन भएका समितिले वडास्तरमै नदीमा फोहर नगर्न जनचेतनामूलक अभियान चलाउने जनाएका छन् ।

वि.सं.२०७५ पुस २० शुक्रवार १४:१७ मा प्रकाशित

सांसद तामाङको ’हस्तक्षेप’ विरुद्ध धादिङका १३ वटै पालिका एकजुट, प्रतिकार गर्ने चेतावनी

सांसद तामाङको ’हस्तक्षेप’ विरुद्ध धादिङका १३ वटै पालिका एकजुट, प्रतिकार गर्ने चेतावनी

काठानडौँ । धादिङका स्थानीय तहहरूले संविधानप्रदत्त एकल अधिकारको रक्षाका लागि...

धादिङका १३ स्थानीय सरकारको संयुक्त चेतावनी : संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न आग्रह

धादिङका १३ स्थानीय सरकारको संयुक्त चेतावनी : संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न आग्रह

धादिङ । धादिङ जिल्लाका १३ वटै स्थानीय तहले संयुक्त विज्ञप्ति...

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र...

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको...

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली)। कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा रु...

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु...