Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

काँग्रेसका पूर्वजिल्ला सदस्यको निधन



१० कात्तिक ,राजविराज । नेपाली काँग्रेसका पूर्वजिल्ला सदस्य प्रतापनारायण झा (लालबाबु)को मङ्गलबार निधन भएको छ ।

सप्तरीको भारदह–४ का ६५ वर्षीय झाको भारदहस्थित उनकै निवासमा मुटु रोगबाट निधन भएको हो । विसं २०२८ देखि नै काँग्रेसमा आबद्ध रहेर उहाँ विभिन्न आन्दोलनमा लागेको स्थानीय बुद्धिजीवी बताउँछन् । झाको पार्थिव शरीरमा काँग्रेस भारदहका सभापति विनोद माझी, निवर्तमान गाविस अध्यक्ष पवनकुमार मण्डल, स्थानीय काँग्रेस नेता बुदुर राम सहितले फूलमाला र पार्टीका झन्डा ओढाएका थिए ।

उहाँको भारदह–१ स्थित कोसी नदीमा मङ्गलबार साँझ नै अन्त्येष्टि गरिएको बताइएको छ । झाका एक छोरी र दुई छोरा छन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा