back
CTIZAN AD

नेपालमा उत्पादित माछा भारत निर्यात

वि.सं.२०७५ पुस २२ आइतवार

717 

shares


२२ पुस, कञ्चनपुर । बेलौरी नगरपालिका–२ स्थित बन्दातालबाट हरेक वर्ष रु ६० लाख भन्दा बढीका माछा भारत र नेपालका बजारमा बिक्री गरिने गरिएको छ ।

माछा पालक सोवरन रानाले उत्पादन गरेका माछा सीमावर्ती भारतीय बजारमा सहजै बिक्री हुदै आएको बताए । बार्षिक रुपमा नेपाली र भारतीय बजारमा गरी उनले रु ६० लाख भन्दा बढी मूल्य बरावरका माछा बिक्री गर्दै आएका छन् । भारतमा मात्रै यस बर्ष उनले ५० क्वीन्टल माछा बिक्री गरेको बताए ।

भारतको किसनानगर, सम्पुर्णानगर, रानीनगर, पटिहनलगायत क्षेत्रका व्यापारी पोखरीमै पुगेर माछा खरिद गरी लैजाने गरेका छन् । राना जिल्लामै सफल माछापालकका रुपमा परिचित छन् ।

बिक्री भएका माछाबाट उनले बार्षिक रुपमा रु २५ लाख बढी आम्दानी गर्दै आएका छन् ।
उनले १३ वटा पोखरीमा माछापालन गरेका छन् । पोखरीमा नैनी, भाकुर, रोहु, कमन, ग्रास कार्प, पंगासियस, सहर, रुपचन्द्र गरी एक दर्जन प्रजातीका माछापालन गरिएका छन् । पंगासियस र रुपचन्द्र माछा भारतमा मात्रै उत्पादन गरिने भएपनि उनले दुई बर्षदेखि भुरा ल्याएर पोखरीमा हुर्काई बेच्न शुरु गरेका छन् । नेपाली बजारमा दुवै जातका माछाको बढी माग रहेको छ ।

माछापालन गरी सोचे भन्दा बढी आम्दानी हुन थालेपछि रानाले यस बर्ष बैङ्कबाट रु एक करोड ऋण लिएर थप सात वटा पोखरी निर्माण गरेका छन् । माछापालनका लागि पोखरीमा एक करोड विभिन्न जातका भुरा राखिएका छन् । माछाको आहाराका लागि मात्रै रु ४० लाख खर्च गरिएको उनले जानाकारी दिए।

रानाले माछाका भुरा रु चार सय ५० प्रति किलो र खानका लागि प्रयोग हुने माछा रु दुई सय देखि रु तीन सय प्रति किलो थोकमा बिक्री गर्दै आउनुभएको छ । उनले जिल्लामा भारतीय माछा विस्थापन गर्न अरु किसानलाई माछापालनमा लाग्नसमेत आग्रह गरेका छन्। उनले पोखरीमा पानी भर्नका लागि सौर्य उर्जा पम्पको समेत व्यवस्था गरेका छन् ।
पोखरीमा डुङ्गा सञ्चालन गरेर आन्तरिक पर्यटकको आकर्षण बढाउने उनको योजना छ । पोखरीकै माछा बेचेर रानाले बेलौरी बजारमा घरघरेडी जोड्नुका साथै तीन विघा जग्गा समेत खरिद गरेका छन् । उनले तीस जनालाई रोजगारी समेत दिएका छन् ।

वि.सं.२०७५ पुस २२ आइतवार १७:३१ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...