back

नेपालमा उत्पादित माछा भारत निर्यात

वि.सं.२०७५ पुस २२ आइतवार

393 

shares
GLOBAL IME AD
NTC AD


२२ पुस, कञ्चनपुर । बेलौरी नगरपालिका–२ स्थित बन्दातालबाट हरेक वर्ष रु ६० लाख भन्दा बढीका माछा भारत र नेपालका बजारमा बिक्री गरिने गरिएको छ ।

माछा पालक सोवरन रानाले उत्पादन गरेका माछा सीमावर्ती भारतीय बजारमा सहजै बिक्री हुदै आएको बताए । बार्षिक रुपमा नेपाली र भारतीय बजारमा गरी उनले रु ६० लाख भन्दा बढी मूल्य बरावरका माछा बिक्री गर्दै आएका छन् । भारतमा मात्रै यस बर्ष उनले ५० क्वीन्टल माछा बिक्री गरेको बताए ।

भारतको किसनानगर, सम्पुर्णानगर, रानीनगर, पटिहनलगायत क्षेत्रका व्यापारी पोखरीमै पुगेर माछा खरिद गरी लैजाने गरेका छन् । राना जिल्लामै सफल माछापालकका रुपमा परिचित छन् ।

बिक्री भएका माछाबाट उनले बार्षिक रुपमा रु २५ लाख बढी आम्दानी गर्दै आएका छन् ।
उनले १३ वटा पोखरीमा माछापालन गरेका छन् । पोखरीमा नैनी, भाकुर, रोहु, कमन, ग्रास कार्प, पंगासियस, सहर, रुपचन्द्र गरी एक दर्जन प्रजातीका माछापालन गरिएका छन् । पंगासियस र रुपचन्द्र माछा भारतमा मात्रै उत्पादन गरिने भएपनि उनले दुई बर्षदेखि भुरा ल्याएर पोखरीमा हुर्काई बेच्न शुरु गरेका छन् । नेपाली बजारमा दुवै जातका माछाको बढी माग रहेको छ ।

माछापालन गरी सोचे भन्दा बढी आम्दानी हुन थालेपछि रानाले यस बर्ष बैङ्कबाट रु एक करोड ऋण लिएर थप सात वटा पोखरी निर्माण गरेका छन् । माछापालनका लागि पोखरीमा एक करोड विभिन्न जातका भुरा राखिएका छन् । माछाको आहाराका लागि मात्रै रु ४० लाख खर्च गरिएको उनले जानाकारी दिए।

रानाले माछाका भुरा रु चार सय ५० प्रति किलो र खानका लागि प्रयोग हुने माछा रु दुई सय देखि रु तीन सय प्रति किलो थोकमा बिक्री गर्दै आउनुभएको छ । उनले जिल्लामा भारतीय माछा विस्थापन गर्न अरु किसानलाई माछापालनमा लाग्नसमेत आग्रह गरेका छन्। उनले पोखरीमा पानी भर्नका लागि सौर्य उर्जा पम्पको समेत व्यवस्था गरेका छन् ।
पोखरीमा डुङ्गा सञ्चालन गरेर आन्तरिक पर्यटकको आकर्षण बढाउने उनको योजना छ । पोखरीकै माछा बेचेर रानाले बेलौरी बजारमा घरघरेडी जोड्नुका साथै तीन विघा जग्गा समेत खरिद गरेका छन् । उनले तीस जनालाई रोजगारी समेत दिएका छन् ।

वि.सं.२०७५ पुस २२ आइतवार १७:३१ मा प्रकाशित

आमाहरुलाई आत्मनिर्भर बनाउन घर–घरमा उपमेयर

आमाहरुलाई आत्मनिर्भर बनाउन घर–घरमा उपमेयर

म्याग्दी । महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक...

दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम...

गाउँको मौलिक चिनारी बचाउन नसिकिएको बारपाकवासीको गुनासो

गाउँको मौलिक चिनारी बचाउन नसिकिएको बारपाकवासीको गुनासो

दीपक श्रेष्ठ, गोरखा । गोरखा भूकम्पको ‘इपिसेन्टर’ गोरखाको बारपाक गाउँ...

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

रामहरि न्यौपाने । त्रिशूली (नुवाकोट) । गोरखा भूकम्पको १० वर्षपछि...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारमा टिपरको ठक्करबाट...

महायज्ञमा एक करोड २० लाख सङ्कलन

महायज्ञमा एक करोड २० लाख सङ्कलन

भक्तपुर । शिव पुराण महायज्ञमा बिहीबारसम्म रु एक करोड २०...