back
CTIZAN AD

नार्कमा दरबन्दीभन्दा आधा वैज्ञानिक

वि.सं.२०७५ पुस २२ आइतवार

657 

shares

२२ पुस, काठमाडौँ  । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा दरबन्दी भन्दा आधा मात्रै वैज्ञानिक कार्यरत रहेका छन् ।

कृषि र पशुका क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्दे आएको सो संस्थामा दरबन्दी अपर्याप्त र दरबन्दी भन्दा कम जनशक्ति कार्यरत छन् । जनशक्ति अभाव अरु प्राविधिक र गैरप्राविधिक जनशक्तिमा पनि रहेको परिषद्ले जनाएको छ ।

तीन दशकदेखि जनशक्ति हेरफेर नभएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बताए । नार्कमा सबैभन्दा अपर्याप्त जनशक्ति वैज्ञानिकको छ । नार्कमा ४०६ जनाको दरबन्दी रहेकामा २२५ वैज्ञानिक मात्र कार्यरत रहेका छन् । सोमा कार्यरत वैज्ञानिक राम्रो अवसर आउनासाथ अन्यत्र जाने हुँदा जनशक्तिको अभाव रहेको बताइन्छ ।

विसं २०४८ मा बनेको जम्मा एक हजार ८२३ दरबन्दी अहिलेसम्म पनि कायमै छ । दरबन्दी भन्दा झण्डै ६०० कम जनशक्ति कार्यरत हुँदा नार्कका कार्यक्रम नै प्रभावित हुने अवस्था छ । नार्कमा अध्ययनका लागि विदेश गएका फर्किएर नआउने र कतिपय भने अवकाश पाउँदा जनशक्ति घटिरहेको छ । गतवर्ष विभिन्न कारणले कार्यरतमध्ये १२ जना कम भएका छन् ।

उनले भने, “लोक सेवाले नै पदपूर्ति गर्ने भनेकाले नयाँ नियुक्ति हुन सकिरहेको छैन ।” नार्कमा अहिले वैज्ञानिक, प्राविधिक अधिकृत, प्राविधिक सहायक र लेखा तथा प्रशासन गरेर चार खालका जनशक्ति कार्यरत छन् । दरबन्दी भन्दा १८१ वैज्ञानिक, ९४ प्राविधिक अधिकृत, प्राविधिक सहायक ८० र प्रशासनतर्फका कर्मचारी ३२ दरबन्दी रिक्त छन् । नार्कमा दरबन्दी रहेका नौजना अहिले विदेशमा अध्ययनरत छन् । विदेशमा अवसर पाएपछि कतिपयले आफैँ राजिनामा गर्ने गरेका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

वि.सं.२०७५ पुस २२ आइतवार १७:३४ मा प्रकाशित

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...