Logo
७ आश्विन २०८०, आईतवार
     Sun Sep 24 2023
E-paper
  English Edition
   Unicode
Logo

उनान्सय प्रतिशत महिलाले अंश दाबी गर्दैनन्



१० कात्तिक,रोल्पा। सम्बन्धविच्छेद गर्ने महिलामध्ये प्रायः सबैजसोले अंश दाबीबिना नै सम्बन्धविच्छेदको उजुरी दिने गरेको देखिएको छ ।

जिल्ला कानुनी सहायता समितिले गत वर्ष सहयोग गरेका मुद्दामध्ये करिब ९९ प्रतिशत मुद्दामा महिलाले सम्पत्तिको दाबीबिना नै सम्बन्धविच्छेदको उजुरी गरेको समिति रोल्पाका अध्यक्ष जिल्ला न्यायाधिवक्ता सुवर्णमान बनेपालीले जानकारी दिनुभयो ।

अंशसहित सम्बन्धविच्छेद गर्दा प्रक्रिया निकै झन्झटिलो हुनाका साथै लामो पनि हुने भएकाले छोटोछरितो बाटो रोज्नका लागि अंश दाबी नगरेको हुन सक्ने बताइएको छ । सम्बन्धविच्छेद गर्नेमध्ये अधिकांशका श्रीमान् वैदेशिक रोजगारीमा रहने गरेको र श्रीमती अर्कैसँग मायाप्रेममा फस्ने गरेको पाइएको छ ।

टाढा रहेका श्रीमान्सँगको माया पनि टाढिँदै जाने र नयाँ प्रेमीसँग नजिकिँदै जाँदा सम्बन्धविच्छेदको घटना बढ्दै गएको बताइन्छ । सम्बन्धविच्छेद गरेकामध्ये शतप्रतिशतले दोस्रो विवाह गर्ने गरेको पाइएको छ । दोस्रो विवाहका लागि परिपक्व कानुनी बाटो तय गर्नका लागि पनि सम्बन्धविच्छेद गर्नेले सम्पत्तिको दाबी नगरेको हुन सक्ने बनेपालीको भनाइ छ । रासस


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब