back

सामाजिक सञ्जाल दुरुपयोग विरुद्ध ¥याली

वि.सं.२०७३ कात्तिक १० बुधवार

1.3K 

shares
IME Limited
NTC AD

१० कात्तिक,चितवन । सामाजिक सञ्जालका कारण विकृति बढेको भन्दै महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील यहाँका सङ्घ संस्थाले आज बृहत् सचेतना ¥याली निकालेका छन् ।

सामाजिक सञ्जाल दुरुपयोग विरुद्ध अभियान नामक संस्थाको नेतृत्वमा भरतपुरको चौबीसकोठीबाट सुरु भएको ¥याली जिल्ला प्रशासन कार्यालय ज्ञापनपत्र बुझाएर सम्पन्न भएको थियो ।

जिल्लाका १०७ वटा सङ्घ संस्था ¥यालीमा सहभागी थिए । जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको कार्यालयलाई पठाइएको ज्ञापनपत्रमा सामाजिक सञ्जालको दुरुपयोगबाट समाजमा विकृति, विसङ्गति, अपराधजन्य गतिविधि र महिला विरुद्धका हिंसा बढेकाले त्यसको रोकथामका लागि कानुनको प्रभावकारी कार्यान्वयन र थप कानुन निर्माणका लागि राज्यका सबै सरोकार निकायमा अविलम्ब निर्देशन दिन ध्यानाकर्षण गराइएको छ ।

लोकतन्त्रमा व्यक्तिले अधिकारको उपभोग गर्न पाउने भए पनि सामाजिक सञ्जाल एवम् अनलाइनको दुरुप्रयोगले व्यक्ति, समाज र सामाजिक सद्भावमा खलल समेत पुगेको महिला अधिकारकर्मी मीना खरेलले बताउनुभयो ।

¥यालीमा सहभागीले फेसबुकमा होइन कोर्षबुकमा ध्यान देउ, सामाजिक सञ्जालको दुरुपयोग रोकौँ, अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालमा कुराकानी नगरौँ, सामाजिक सञ्जाललाई असामाजिक नबनाऔँजस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । रासस

वि.सं.२०७३ कात्तिक १० बुधवार ०७:५३ मा प्रकाशित

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा...

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

ढोरपाटन, (बागलुङ) । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि...

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशमा जनसङ्ख्या वृद्धिदर...

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लम्पीस्किन रोगविरुद्ध सञ्चालन गरेको खोप...

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रसुवामा हालै...