back
CTIZAN AD

सामाजिक सञ्जाल दुरुपयोग विरुद्ध ¥याली

वि.सं.२०७३ कात्तिक १० बुधवार

1.7K 

shares

१० कात्तिक,चितवन । सामाजिक सञ्जालका कारण विकृति बढेको भन्दै महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील यहाँका सङ्घ संस्थाले आज बृहत् सचेतना ¥याली निकालेका छन् ।

सामाजिक सञ्जाल दुरुपयोग विरुद्ध अभियान नामक संस्थाको नेतृत्वमा भरतपुरको चौबीसकोठीबाट सुरु भएको ¥याली जिल्ला प्रशासन कार्यालय ज्ञापनपत्र बुझाएर सम्पन्न भएको थियो ।

जिल्लाका १०७ वटा सङ्घ संस्था ¥यालीमा सहभागी थिए । जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको कार्यालयलाई पठाइएको ज्ञापनपत्रमा सामाजिक सञ्जालको दुरुपयोगबाट समाजमा विकृति, विसङ्गति, अपराधजन्य गतिविधि र महिला विरुद्धका हिंसा बढेकाले त्यसको रोकथामका लागि कानुनको प्रभावकारी कार्यान्वयन र थप कानुन निर्माणका लागि राज्यका सबै सरोकार निकायमा अविलम्ब निर्देशन दिन ध्यानाकर्षण गराइएको छ ।

लोकतन्त्रमा व्यक्तिले अधिकारको उपभोग गर्न पाउने भए पनि सामाजिक सञ्जाल एवम् अनलाइनको दुरुप्रयोगले व्यक्ति, समाज र सामाजिक सद्भावमा खलल समेत पुगेको महिला अधिकारकर्मी मीना खरेलले बताउनुभयो ।

¥यालीमा सहभागीले फेसबुकमा होइन कोर्षबुकमा ध्यान देउ, सामाजिक सञ्जालको दुरुपयोग रोकौँ, अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालमा कुराकानी नगरौँ, सामाजिक सञ्जाललाई असामाजिक नबनाऔँजस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । रासस

वि.सं.२०७३ कात्तिक १० बुधवार ०७:५३ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...