back
CTIZAN AD

अफ्रिकी युनियनको चुनावी प्रचार शुरु, एएनसीका लागि फलामको च्यूरा

वि.सं.२०७५ पुस २७ शुक्रवार

561 

shares

२७ पुस, डर्बान, दक्षिण अफ्रिका ।  दक्षिण अफ्रिकाको सत्तारूढ दल अफ्रिकी नेसनल कङ्ग्रेस (एएनसी)ले चुनावी अभियान शनिबारदेखि शुरु गर्ने भएको छ । दक्षिण अफ्रिकामा आगामी मे महिनामा चुनाव हुँदैछ । पार्टीभित्रको आन्तरिक विभाजन, सुस्त अर्थतन्त्र तथा घट्दो जनमतबीच एएनसीले चुनावी अभियान शुरु गर्न लागेको छ ।

रङ्गभेद नीतिको अन्त्य भएपछि २५ वर्षदेखि एएनसीले दक्षिण अफ्रिकामा एकछत्र शासन गरिरहेको छ । पूर्वराष्ट्रपति ज्याकोब जुमाको राष्ट्रपतीय शासनकालमा भ्रष्टाचार बढेका कारण आमजनतामा एएनसीको लोकप्रियतामा ठूलो ह्रास आएको छ । सत्तामा नौ वर्ष रहेका ज्याकोब जुमालाई गत वर्षको फेब्रुअरीमा एएनसीले पदबाट हटाएको थियो ।

नेल्सन मन्डेलाले नेतृत्व गरिसकेको एएनसीले सन् २०१६ को स्थानीय चुनावमा बहुमत ल्याउन निकै सङ्घर्ष गर्नु परेको थियो । पार्टीले कूल खसेको मतको करिब ५४ प्रतिशत मात्र मत प्राप्त गरेको थियो । मुलुकका दुई ठूला शहरहरु जोहानेसबर्ग र प्रिटोरियामा पार्टीले हार व्यहोर्नु परेको थियो । तर पछिल्लो पटक इपसोसले गरेको एक सर्वेक्षणमा मे महिनामा हुने राष्ट्रिय र प्रान्तीय चुनावमा ६१ प्रतिशतसम्म मत प्राप्त गर्ने प्रक्षेपण गरिएको छ ।

बजार सुधारवादी नेता सिरिल रामाफोसा अफ्रिकाको राष्ट्रपति भएपछि एएनसीको छवीमा केही सुधार आएको बताइन्छ । ज्याकोब जुमालाई पार्टीबाट हटाएलगत्तै रामाफोसा अफ्रिकाको राष्ट्रपतिमा चुनिनु भएको थियो । “रामाफोसा नभएको भए एएनसीले चुनावमा ठूलो पराजय व्यहोर्ने निश्चित थियो,” राजनीतिशास्त्री झोलानी दुबेले बताए । “एएनसीले सबै किसिमका चुनावहरु हार्ने अवस्थामा थियो तर रामाफोसा उद्धारकका रुपमा देखिनुभएको छ ।”

अरू कतिपय विश्लेषकहरु बढी नै सतर्क देखिन्छन् । उनीहरुको भनाइमा रामाफोसा राष्ट्रपति नभए पनि पार्टीले चुनाव जित्ने सम्भावना थियो, तर पार्टीलाई झिनो बहुमत मात्र प्राप्त हुन्थ्यो ।

शनिबार, पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजना हुने समारोहमा डर्बानको रङ्गशालामा ८५ हजारभन्दा बढी पार्टी समर्थक एवं शुभेच्छुक भेला हुने अपेक्षा गरिएको छ । पार्टीका वरिष्ट सदस्यहरु यसै साता क्वाजुलु नाटाल प्रान्तमा चुनावी सभामा सहभागी हुँदैछन् ।

ठूलो जनसङ्ख्या रहेको क्वाजुलु नाटाल प्रान्तबाटै चुनावी घोषणापत्र सार्वजनिक गर्नुको विशेष महत्व रहेको छ । गत वर्षको शक्ति सङ्घर्षपछि एएनसीभित्र एकता रहेको देखाउन पनि नाटाल प्रान्तलाई रोजिएको बताइन्छ ।

रामाफोसाले पार्टीभित्र सम्बन्ध सुधार गर्ने सार्वजनिक रुपमै घोषणा गर्नुभएको छ । पूर्वराष्ट्रपति जुमाप्रति सकारात्मक टिप्पणी गरेर रामाफोसाले पार्टीका सबैको सद्भाव बटुल्ने प्रयत्न गर्नुभएको छ । “रामाफोसाले ज्याकोब जुमाको प्रतिछायाँलाई सम्बोधन गर्नु आवश्यक छ जुन एएनसीको पार्टी संरचनाभित्र घुमिरहेको छ,” दुबेले भने ।

रामाफोसाले यसै साता भने “हाम्रो इतिहासमा अर्को महत्वपूर्ण क्षणको सङ्घारमा हामी आइपुगेका छौं, हामीले विगतको अभियानलाई पुनस्र्थापित गर्नु परेको छ ।”

रामाफोसाको एउटा महत्वपूर्ण प्रतिज्ञा नै संविधान संशोधन पनि हो जसमा अल्पसङ्ख्यक गोरा जातिको स्वामित्वमा रहेको जमिन बिना क्षतिपूर्ति गरीब काला जातिलाई उपलब्ध गराउनु रहेको छ । भूमिहीन काला मतदातालाई यो योजनाले आकर्षित गर्नेछ भने धेरै विदेशी लगानीकर्ताहरु यस योजनाबाट त्रसित हुन थालेका छन् ।

पार्टीले ६० प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएमा पार्टीको प्रभाव अझ बढ्नेछ । अफ्रिकाको आर्थिक वृद्धि गत वर्ष शून्य दशमलब ७ प्रतिशत मात्र रहेको थियो । बेरोजगारी दर २७ प्रतिशतभन्दा बढी पुगेकाले आमजनतामा पार्टीप्रति असन्तुष्टि चुलिएको छ ।

वि.सं.२०७५ पुस २७ शुक्रवार १६:४६ मा प्रकाशित

Himalayan Life AD
हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ । आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो ।...

‘लत’ लाग्ने सामग्री परिवर्तन नगरे टिकटकमाथि कारबाही गरिने इयूको चेतावनी

‘लत’ लाग्ने सामग्री परिवर्तन नगरे टिकटकमाथि कारबाही गरिने इयूको चेतावनी

ब्रसेल्स, बेल्जियम । इयूले चिनियाँ स्वामित्वको टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’...

बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

बेलायत । सम्भावित त्रुटिपूर्ण इन्धन स्विचको बाबजुद बोइङ ड्रीमलाइनर विमान...

नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

जोस (नाइजेरिया)। मध्यपश्चिम नाइजेरियाको क्वारा राज्यमा बन्दुकधारीहरूले कम्तीमा ३५ जनाको...

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

काराकस। घातक अमेरिकी सैन्य कारबाहीमा हटाइएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस...

पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती,२५० भन्दा बढीको मृत्यु

पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती,२५० भन्दा बढीको मृत्यु

इस्लामबाद । पाकिस्तानको बलूचिस्तान प्रान्तमा अलगाववादी समूहहरूले गत शनिबारदेखि सुरु...