back

सेलो घरमा भाषिक कविता

वि.सं.२०७३ कात्तिक १० बुधवार

1K 

shares
IME Limited
NTC AD

_mg_2424काठमाण्डौं । ‘यस्तो भव्य कार्यक्रम होला भन्ने सोचेकै थिइनँ’ तामाङ साहित्य अन्तक्र्रिया तथा बहुभाषी कविता गोष्ठी’ को अन्त्यमा चर्चित कवि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारुङले भने, ‘यो बहुभाषी कविता गोष्ठीमा कवितामात्र नभएर बहुआयामिक विषयमा छलफल पनि भयो, जुन ठूलो उपलब्धी हो ।’
कवि मुकारुङ काभ्रे, बालुवापाटीको ढाँडागाउँस्थित हालै सञ्चालनमा आएको सामूदायक सेलो थिएटरमा मंगलबार आयोजित ‘तामाङ साहित्य अन्तक्र्रिया तथा बहुभाषी कविता गोष्टी’ कार्यक्रमको प्रमुख अतिथि भएर पुगेका थिए । सेलो थिएटर र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित सो गोष्टीमा मुकारुङलगायत डेढ दर्जन कवि तथा साहित्यकार र पत्रकार राजधानीबाट ढाँडागाउँ पुगेका थिए । उनीहरुलाई स्थानीयले तामाङ संस्कृतिअनुसार सगुनले स्वागत गरेका थिए । यो कार्यक्रम सेला घर उद्घानपछिको पहिलो कार्यक्रम हो । म्यानमारको सहयोगको सञ्चालनमा आएको यो सेलो घर एक महिना अघिमात्र सञ्चालनमा आएको थियो ।
शान्ति वाइबा र पत्रकार तथा कवि फूलमान बलको संयोजकत्वमा आयोजित कवि गोष्ठीमा राजधानीबाट तामाङ भाषाविद् अमृत योञ्जन, संस्कृतिविद् रविन्द्र तामाङ, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, पत्रकार प्रतिक तामाङ, फोटोपत्रकार नविनबाबु गुरुङ, अर्जुन ग्लान, रामकुमार जिम्बालगायात डेढ दर्जनभन्दा बढी कवि तथा साहित्यकार पुगेका थिए ।
तामाङ साहित्यको विगत, वर्तमान र भविष्यबारे गरिएको अन्तक्र्रियामा राजधानीबाट गएका कवि तथा साहित्यकारले मात्र नभएर स्थानीय कविहरुले पनि आफ्नो सिर्जना सुनाए । कार्यक्रममा तामाङ भाषाविद् अमृत योञ्जन तामाङद्वारा प्रस्तुत ‘तामाङ साहित्य ः स्थिति, चुनौती र सम्भावना’ विषयक कार्यपत्रमाथि छलफल गरिएको थियो । सो कार्यपत्रमाथि साहित्यकार खोजराज गोले र छविरमण सिलवालले टिप्पणी गरेका थिए ।
कार्यपत्रमाथि टिप्पणी गर्दै साहित्यकार गोलेले लिपी तथा भाषाका कारण तामाङ साहित्यमा दुविधा रहेको बताए । तामाङ भाषा र लिपीमा लेखिएका साहित्यलाई मात्र ‘तामाङ साहित्य’ भन्न सकिने अमृतको रायप्रति असन्तुष्ट हुँदै गोलेले तामाङको आफ्नो लिपी नभएकाले तामाङ भाषा तर देवनागरीक लिपीमा लेखिएका साहित्यलाई पनि ‘तामाङ साहित्य’ भन्नुपर्नेमा जोड दिए । अधिकांश वक्ता तथा तामाङ भाषी साहित्यकारले आफ्नो लिपी नभएकाले तामाङ भाषामा देवनागरीक लिपीका लेखिएकालाई पनि तामाङ साहित्य मान्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै कवि मुकारुङले तामाङ साहित्य कमजोर नभएको पनि धारणा राखे । मातृभाषा कविहरुबाट अरुले पनि धेरै सिक्नुपर्ने बताउँदै कवि मुकारुङले भने, ‘तामाङ समुदाय हरेक क्षेत्रमा अगाडि छन्, त्यस्तै साहित्यमा पनि अगाडि छन् । बरु तामाङ साहित्यकार तथा कविहरुले अन्यले पनि सिक्नुपर्नेछ ।’ तामाङ घेदुङ संघका अध्यक्ष मोहन गोलेको भनाइप्रति इंगित गर्दै कवि मुकारुङले यस्तो बताएका हुन् । अध्यक्ष गोलेले तामाङ समुदायलाई साहित्यभन्दा राजनीतिमार्फत पहिचानको लडाइँ लड्न आग्रह गरेका थिए । तर, कविहरु राजनीतिभन्दा साहित्य पनि कमजोर नभएको बताएका थिए ।

कार्यक्रम बुहभाषी कविता गोष्ठीसमेत भएकाले तामाङ साहित्यबारे छलफलसँगै विभिन्न कविले आफ्ना भाषामा कविता वाचन गरेर सुनाए । कार्यक्रममा कवि शशि लुमुब्बु, छविरमण सिलवाल, प्रकाश थाम्सुहाङ, सञ्जोग लाफामगर, चन्द्र राहाँन्छा, मुक्तान थेबा, नेत्र तामाङ, रावत, विकु लामा, फुलकुमार बम्जन, विना थिङ, रञ्जना मोक्तान, लक्ष्मी रुम्बा, स्वप्नील स्मृति, राजु स्याङ्तान, बुद्ध योञ्जन, रामगोपाल अशुतोष, अशोक थापामगरलगायत स्थानीय कविहरुले आ–आफ्नो भाषामा कविता वाचन गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारले नृत्य गरेर मनोरञ्जन प्रदान गरेका थिए ।

वि.सं.२०७३ कात्तिक १० बुधवार १०:०३ मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको...

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

नेपालगञ्ज । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सम्बन्ध बिच्छेदका मुद्दा...

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

अत्तरिया (कैलाली) । कैलाली भन्सार कार्यालय धनगढीले रु आठ अर्ब...