back
CTIZAN AD

सेलो घरमा भाषिक कविता

वि.सं.२०७३ कात्तिक १० बुधवार

1.5K 

shares

_mg_2424काठमाण्डौं । ‘यस्तो भव्य कार्यक्रम होला भन्ने सोचेकै थिइनँ’ तामाङ साहित्य अन्तक्र्रिया तथा बहुभाषी कविता गोष्ठी’ को अन्त्यमा चर्चित कवि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारुङले भने, ‘यो बहुभाषी कविता गोष्ठीमा कवितामात्र नभएर बहुआयामिक विषयमा छलफल पनि भयो, जुन ठूलो उपलब्धी हो ।’
कवि मुकारुङ काभ्रे, बालुवापाटीको ढाँडागाउँस्थित हालै सञ्चालनमा आएको सामूदायक सेलो थिएटरमा मंगलबार आयोजित ‘तामाङ साहित्य अन्तक्र्रिया तथा बहुभाषी कविता गोष्टी’ कार्यक्रमको प्रमुख अतिथि भएर पुगेका थिए । सेलो थिएटर र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित सो गोष्टीमा मुकारुङलगायत डेढ दर्जन कवि तथा साहित्यकार र पत्रकार राजधानीबाट ढाँडागाउँ पुगेका थिए । उनीहरुलाई स्थानीयले तामाङ संस्कृतिअनुसार सगुनले स्वागत गरेका थिए । यो कार्यक्रम सेला घर उद्घानपछिको पहिलो कार्यक्रम हो । म्यानमारको सहयोगको सञ्चालनमा आएको यो सेलो घर एक महिना अघिमात्र सञ्चालनमा आएको थियो ।
शान्ति वाइबा र पत्रकार तथा कवि फूलमान बलको संयोजकत्वमा आयोजित कवि गोष्ठीमा राजधानीबाट तामाङ भाषाविद् अमृत योञ्जन, संस्कृतिविद् रविन्द्र तामाङ, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, पत्रकार प्रतिक तामाङ, फोटोपत्रकार नविनबाबु गुरुङ, अर्जुन ग्लान, रामकुमार जिम्बालगायात डेढ दर्जनभन्दा बढी कवि तथा साहित्यकार पुगेका थिए ।
तामाङ साहित्यको विगत, वर्तमान र भविष्यबारे गरिएको अन्तक्र्रियामा राजधानीबाट गएका कवि तथा साहित्यकारले मात्र नभएर स्थानीय कविहरुले पनि आफ्नो सिर्जना सुनाए । कार्यक्रममा तामाङ भाषाविद् अमृत योञ्जन तामाङद्वारा प्रस्तुत ‘तामाङ साहित्य ः स्थिति, चुनौती र सम्भावना’ विषयक कार्यपत्रमाथि छलफल गरिएको थियो । सो कार्यपत्रमाथि साहित्यकार खोजराज गोले र छविरमण सिलवालले टिप्पणी गरेका थिए ।
कार्यपत्रमाथि टिप्पणी गर्दै साहित्यकार गोलेले लिपी तथा भाषाका कारण तामाङ साहित्यमा दुविधा रहेको बताए । तामाङ भाषा र लिपीमा लेखिएका साहित्यलाई मात्र ‘तामाङ साहित्य’ भन्न सकिने अमृतको रायप्रति असन्तुष्ट हुँदै गोलेले तामाङको आफ्नो लिपी नभएकाले तामाङ भाषा तर देवनागरीक लिपीमा लेखिएका साहित्यलाई पनि ‘तामाङ साहित्य’ भन्नुपर्नेमा जोड दिए । अधिकांश वक्ता तथा तामाङ भाषी साहित्यकारले आफ्नो लिपी नभएकाले तामाङ भाषामा देवनागरीक लिपीका लेखिएकालाई पनि तामाङ साहित्य मान्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै कवि मुकारुङले तामाङ साहित्य कमजोर नभएको पनि धारणा राखे । मातृभाषा कविहरुबाट अरुले पनि धेरै सिक्नुपर्ने बताउँदै कवि मुकारुङले भने, ‘तामाङ समुदाय हरेक क्षेत्रमा अगाडि छन्, त्यस्तै साहित्यमा पनि अगाडि छन् । बरु तामाङ साहित्यकार तथा कविहरुले अन्यले पनि सिक्नुपर्नेछ ।’ तामाङ घेदुङ संघका अध्यक्ष मोहन गोलेको भनाइप्रति इंगित गर्दै कवि मुकारुङले यस्तो बताएका हुन् । अध्यक्ष गोलेले तामाङ समुदायलाई साहित्यभन्दा राजनीतिमार्फत पहिचानको लडाइँ लड्न आग्रह गरेका थिए । तर, कविहरु राजनीतिभन्दा साहित्य पनि कमजोर नभएको बताएका थिए ।

कार्यक्रम बुहभाषी कविता गोष्ठीसमेत भएकाले तामाङ साहित्यबारे छलफलसँगै विभिन्न कविले आफ्ना भाषामा कविता वाचन गरेर सुनाए । कार्यक्रममा कवि शशि लुमुब्बु, छविरमण सिलवाल, प्रकाश थाम्सुहाङ, सञ्जोग लाफामगर, चन्द्र राहाँन्छा, मुक्तान थेबा, नेत्र तामाङ, रावत, विकु लामा, फुलकुमार बम्जन, विना थिङ, रञ्जना मोक्तान, लक्ष्मी रुम्बा, स्वप्नील स्मृति, राजु स्याङ्तान, बुद्ध योञ्जन, रामगोपाल अशुतोष, अशोक थापामगरलगायत स्थानीय कविहरुले आ–आफ्नो भाषामा कविता वाचन गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारले नृत्य गरेर मनोरञ्जन प्रदान गरेका थिए ।

वि.सं.२०७३ कात्तिक १० बुधवार १०:०३ मा प्रकाशित

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...