back
CTIZAN AD

किन शहिद हुन सकेनन् राज्यको आँखामा झापा विद्रोहका राम प्रधान ?

वि.सं.२०७३ कात्तिक १० बुधवार

1.8K 

shares

untitled-2-ssfझापा विद्रोहका क्रममा सहादत प्राप्त गरेका झापा बुधबारे १ का राम प्रधानलाई राष्ट्रिय सहिद बनाउन वेलावेला हल्ला भए पनि पनि ती हल्ला खरानीको डल्ला झैं भएका छन् ।
राम प्रधानको शालिकमा बर्षमा एकदिन माल्र्यापण गर्न आउने राजनीतिक व्यक्तिहरुले परिवारजनलाई आश्वासन दिने र राम प्रधानको हत्यालाई राजनीतिक दाउपेजमा प्रयोग गरी आफ्नो पल्ला भारी पार्ने बाहेक कसैले केहि गर्न सकेका छैनन् ।

राम प्रधान स्मृति केन्द्र नेपाल भने राम प्रधानलाई राष्ट्रिय सहिद घोषणा गर्ने कुरामा लागि परेको छ । केन्द्रले राम प्रधानको व्यक्तित्वका वारेमा जनतालाई नजिकबाट चिनाउन ‘सहिद राम प्रधानको संक्षिप्त जीवनी’ शिर्षकको एक चिनारी पुस्तक प्रकाशन गरेको छ । तर पनि सहिद घोषणा गर्ने चर्चा ‘हात्ती आयो हात्ती आयो फुस्सा’ मात्र भईरहेको छ ।

भन्नलाई मात्र भनिएझैं भएको छ, वि.स २०३० कार्तिक ५ गते इलामको शान्तिपुरमा तत्कालिन प्रहरी प्रशासनले बाँसका भाटाले घोची घोची मारिएका राम प्रधानको हत्या । उनीसँगै राजनीतिमा होमिएका धेरैलाई राज्यले सहिद घोषणा गरेको छ। तर, उनलाई अझै चिन्न सकेको छैन राज्यले, या त चिन्ने कोसिस मात्र पनि गर्न सकेको छैन । राम प्रधानको जन्म वि.स. १९९७ पुस १४ गते भारतको सिक्किम राज्य अन्तर्गत साङ मंगलबारे बजारमा एउटा सामान्य निम्न मध्यम परिवारमा भएको थियो ।
उनको न्वारनको नाम धनबहादुर र नागरिकताको नाम रामप्रसाद प्रधान हो । उनको बुबाको नाम लछुमन प्रधान र आमाको नाम धनमाया प्रधान रहेकोे थियो । रामप्रसाद प्रधानको विवाह वि.स. २०१५ सालमा सिक्किम निवासी लघुनारायण श्रेष्ठ तथा नर्वदा श्रेष्ठकी सुपुत्री इन्द्रमायासँग सम्पन्न भएको थियो । इन्द्रमायाको जन्म वि.स १९९८ साल श्रावण २७ गते सिक्किमको सुमेक गाउँमा भएको थियो ।
राम प्रधानका दाजुभाइहरु आफू समेत गरी ५ जना र उनी जन्म क्रममा जेठा छोरा हुन् उनका दिदीबहिनीहरु ४ जना, छोरा २ जना र छोरी २ जना छन् । उनकोे जेठो छोराको नाम मोहन कुमार र कान्छा छोराको नाम डम्बरकुमार हो ।
झापा विद्रोहका वेला सहादत प्राप्त गरेका राम प्रधानको परिवार झापाको बुधबारे गाविस वडा नं. १ दामाटारमा कृषि पेशामा संघर्षरत जीवन यापन गरिरहेको छ । रामप्रधानको वाल्यकाल र किशोरकाल भारतको सिक्किम राज्यको साङ मङगलबारेमा बित्यो ।

वि.स २०३० कार्तिक ५ गते बेलुका इलाम शान्तिपुर जुरेमा रहेको सानो दुर्गा अधिकारीकी दिदी नरमाया र भिनाजु गंगाधर ढुंगेलका घरमा राजनीतिक पशिक्षण सम्पन्न गरी छिमेकी प्रजापति ढुंगेलका घरमा राम प्रधान र सानो दुर्गा अधिकारी सुतिरहेको अवस्थामा त्यस घरलाई झापाबाट गएका प्रहरी र तत्कालीन निरंकुश सरकार र प्रशासनका
व्यक्तिहरु सहित लगभग ६० जनाले घेराउ गरे । घर घेरिए पछि राम प्रधान घरको तलामाथि चढेर रित्तो भकारी भित्र पसे । उनी लुकेको आभास पाएर प्रहरीहरुले तलामाथि चढेर उनलाई ओह्राल्ने विचार गरे तर उनीहरु तलामाथि चढ्न सकेनन् । घरको तला बाँसको चिमले छोपेको थियो । राम प्रधान भकारी भित्र भएको प्रहरीले थाहा पायो । छिप्पिएका बाँसका तिखा भाटाले तलमुनिबाट उनको शरीरलाई घोच्न र छेड्न थालियो । तलामुनि ओर्लने आदेश दिन
थालियो । ओर्लिएको खण्डमा, आत्मसमर्पण गरेको खण्डमा केही नगर्ने, दुःख नदिने भनियो । राम प्रधान ओर्लन चाएनन्, आत्मसमर्पण गर्न चाएनन् ।

तलबाट घुसारिएका भाटालाई कम्मरमा भिरेको खुकुरी झिकेर काट्न थाले उनले । घण्टौं सम्म प्रहरीले भाटाले घोच्ने र उनका शरीरका अंग प्रत्याङगहरु रगतपच्छे र छियाछिया भए । उनले तिखा भाटाको प्रहार सामना गरिरहे । जब ती तिखा भाटाहरुले उनकोे गुप्ताङगलाई छियाछिया पारे तब उनी लडे । निरंकुश पञ्चायती व्यवस्था मुर्दावाद जनवादी व्यवस्था जिन्दावाद भन्दै छटपटाउँदै मूर्छित भए उनी अन्नतः ।
उनी मूर्छित भएको थाहा पाएर प्रहरीले घर फोरेर उनको शरीरलाई तल झा¥यो । त्यसपछि प्रहरी र सुराकीहरुले उनलार्ई झोलङुगोमा हालेर झापा चन्द्रगढी तिर झारे । केही समयपछि शान्तिपुर चैनपुरेमा ल्याएर विसाइयो । त्यसपछि दारेगौडामा ल्याएर फेरि बिसाइयो । त्यहाँ उनले पानी मागे । पानी दिइएन । पानीको सट्टा मुखमा पिसाब फेरिदेने धम्की दिइयो । त्यसपछि विरिङ खोलामा ल्याइ पु¥याएपछि उनको प्राण गएको राम प्रधान स्मृति केन्द्र नेपालले प्रकाशित गरेको ‘सहिद राम प्रधानको संक्षिप्त जीवनी’मा उल्लेख छ ।
उज्यालो हुदाँ भोटेटारमा अहिले सालिक राखेको ठाउँमा ल्याइ पु¥याइयो ।
त्यहाँ एकछिन राखेर उनको लासलाई होक्से स्कूलका प्राङगणमा ल्याएर प्रदर्शनकका लागि राखियो । राजद्रोही, देशद्रोहीको गति यस्तैहुन्छ भनियो । त्यसको प्रतिरोधमा चुइक्क बोल्ने आटँ कसैको थिएन । सर्वसाधारण चुपचाप टुलुटुलु हेर्न विवश थिए । त्यसपछि उनको लासलाई चन्द्रगढी लगी पोस्टमार्टम गरियो र परिवारलाई जिम्मा लगाइयो । यसरी राम प्रधानको भौतिक शरिरको अन्त्य भयो तर उनी जनताका हृदयमा जीवितै छन् अझैपनि ।
विभिन्न राजनीतिक घटनाका वेला सहादत प्राप्त गरेका धेरै बलिदानी व्यक्तित्वहरुलाई सरकारले राष्ट्रिय सहिदका रुपमा सम्मान दिएको छ तर बुधबारेका यी प्रधानको योगदानलाई सरकारले बुझ्न नसक्दा राम प्रधानका समकक्षी, परिवारजन तथा झापा विद्रोहलाई नजिकबाट बुझेकाले दुखेसो पोखेका छन् ।

वि.सं.२०७३ कात्तिक १० बुधवार ०८:३० मा प्रकाशित

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

 हेलेजको परिचय, महत्त्व तथा नेपालमा नयाँ प्रविधि हेलेज (Haylage) भन्नाले...

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

नेपाल एकीकरण अभियान र नेपाल–अंग्र्रेज युद्ध (१८१४–१८१६) का प्रमुख नायक...

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

हामी भेट हुँदा प्रायः सोध्छौंः “के छ खबर ?” उत्तर...

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

सलाम रोल्पामा ऋषिराज बरालले झिंगाको प्रसंग धेरै ठाउँमा उल्लेख गरेका...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...