back
CTIZAN AD

स्पेनमा दूताबास स्थापनाको लागि परराष्ट्र मन्त्रालय सकारात्मक

वि.सं.२०७३ कात्तिक १० बुधवार

1.1K 

shares

prkash-sharan-mahatकाठमाडौ । दश हजार भन्दा बढी नेपालीहरु बसोबास गर्दै आएको ठानिएको स्पेनमा नेपाली दूताबास स्थापनाका लागि परराष्ट्र मन्त्रालय सकारात्मक देखिएको छ । स्पेनका समस्यालाई सम्बोधन हुने गरी दूताबास स्थापनाका लागि मन्त्रालय बिगतमा जस्तै यसपटक पनि सकारात्मक देखिएको हो । परराष्ट्र मन्त्री डा.प्रकाश शरण महतले ज्ञापनपत्र बुझ्दै मन्त्रालय सकारात्मक रहेको बताएका छन् ।

गैर आवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषद् सञ्चार कार्यदलका सदस्य तथा पत्रकार बसन्त रानाभाटले शुक्रबार मन्त्री महतको कार्यकक्षमा भेटेर ज्ञापनपत्र बुझाएका हुन् । राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुझाउँदै मन्त्री महतले स्पेनमा पुग्दा गरेका प्रतिबद्दता बारे पत्रकार रानाभाटले स्मरण गराएका थिए।
दुई बर्ष अघि स्पेनको नेपाली समुदाय माँझ अन्तरक्रिया गर्दा,अनाबश्यक ठाउँहरुमा खोलिएका दूताबासहरु बन्द गराएर स्पेन जस्ता मुलुकहरुमा दूताबास स्थापना गर्नुपर्ने डा. महतको भनाईलाई समेत उनले भेटबार्ताका क्रममा स्मरण गराएका थिए । स्पेनका समस्याहरु बारे मन्त्री महत धेरै जानकार रहेको हुँदा स्पेनको नेपली समुदायले यसपटक ठुलो आशा गरेको सन्देश पनि रानाभाटले पु¥याएका थिए ।
यस्तै परराष्ट्र सचिव शंकरदास बैरागीलाई पनि ज्ञापनपत्र हस्तान्तरण गरिएको छ । ज्ञापनपत्र बुझ्दै परराष्ट्र सचिव बैरागीले स्पेनका नेपालीहरुले लामो समय देखि देखाएको चासो प्रति मन्त्रालय सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । उनले यसपटक तयार भएको ज्ञापनपत्रमा सम्पूर्ण डाटाहरु समेत उल्लेख गरिएको हुँदा आँफुले राम्रो सँग अध्ययन गर्ने समेत बताएका छन् । यसैबीच शुक्रबार नै उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महरालाई दूताबास माग सहितको ज्ञापन हस्तान्तरण गरिएको छ ।

यस्तै शनिबार नेपाली कांगेसका सभापति तथा पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवालाई समेत ज्ञापनपत्र हस्तान्तरण गरिएको छ । देउवा निबासमा ज्ञापनपत्र हस्तान्तरणको क्रममा कांग्रेस सभापति देउवाले स्पेनमा रहेका नेपालीको अबस्था बारे चासो ब्यक्त गरेका थिए ।
पत्रकार रानाभाटले स्पेनमा दूताबास स्थापना लागि बिगत लामो समय देखि नै ज्ञापनपत्र बुझाउँदै आएको बताउँदै त्यसैको निरन्तरता भएको प्रतिक्रिया दिएका छन्। उनले भने’ तुरुन्त काम भईहाल्ने संकेत त देखिएको छैन,तर दबाब दिन भने छोड्नु हुँदैन त्यसैको निरन्तरताको एक अंश मात्र हो। ‘भेटबार्ताको क्रममा बिद्यार्थी नेता दिपेन्द्र सिहं लामिछाने पनि सहभागी थिए ।

भेटमा सधै सकारात्मक तर प्रगति भएन
स्पेनबासी नेपालीहरुले बिगत लामो समय देखि दुताबासको माग गर्दै नेपाल सरकार, परराष्ट्र मन्त्रालय, उच्च पदस्थ व्यक्तित्व,प्रमुख दलका नेताहरुको ढोका धाउँदै आए पनि कुनै ठोस प्रगती भने हुन सकेको छैन ।
स्पेनमा आउँदा होस् वा नेपालमा नै पुगेर उच्चपदस्थ व्यक्तित्वहरुसँग भेटबार्ता बाक्लो बनाए पनि प्रगती भने हातमा लाग्यो शुन्य नै छ । यसअघि राष्ट्रपति,प्रधानमन्त्री,परराष्ट्रमन्त्री,परराष्ट्रमन्त्री सचिव लगायत प्रमुख दलका नेताहरुलाई भेट गरि ज्ञापानपत्र बुझाएको भए पनि सम्बन्धित निकायबाट यो बारे छलफल समेत हुन सकेको छैन । स्पेनस्थित गैरआवासीय नेपाली संघ लगायत संघ सस्थाहरु बिगत लामो समयदेखि दूताबासको माग गर्दै दवाब भने सृजना गर्दै आएका छन् ।
सन् २०१४ मा बार्सिलोनामा सम्पन्न सातौ युरोपियन क्षेत्रीय बैठक तथा पाँचौ महिला सम्मेलनले पनि स्पेनमा नेपाली दुताबास आवश्यक रहेको भन्दै, घोषणा पत्रमा उल्लेख गर्दै नेपाल सरकारसँग जोडदार माग गरेको थियो।

वि.सं.२०७३ कात्तिक १० बुधवार ०८:१८ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...