back

“आफ्नो वर्गको सेवामा हामी अलिकति चुकेका हौ”

वि.सं.२०७३ कात्तिक १० बुधवार

318 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्वत जिल्लाको विकास र स्थानीय समस्यालाई सरकारले ओझेलमा पर्न नदिने बताउनु भएको छ ।
बुधबार ने.क.पा. (माओवादी केन्द्र) पर्वतको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘पर्वत जिल्ला विकासका दृष्टिले ओझेलमा पर्ने गरेको तपाईहरुको भनाईमा गहिरो मर्म लुकेको छ । तपाईहरुले विभिन्न मन्त्रालयमा पेश गरेका योजनाहरुलाई सरकारले प्राथमिकतामा राख्नेछ । तपाईहरुले पारदर्शी रुपमा जनताको हितमा समर्पित भएर काम गर्नुहोला ।’
नयाँ सरकार गरीबको पक्षमा क्रियाशील रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘सरकारलाई गरीबको पक्षमा फर्काउन खोजिएको छ । गरीबका लागि सरकार कार्यक्रम यत्तिकै भनिएको होइन । हामी गरीबको पक्षमा राजनीति गरेर आएका हौं । विगतमा आफ्नो वर्गको सेवा गर्ने कुरामा हामी अलिकति चुकेका छौं । यसपटक वास्तविक गरीबहरुका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, सीपमूलक कामका लागि विशेष अभियान सञ्चालन गरिनेछ । यो अभियान गरीबहरुको सेवा गर्ने दीर्घकालीन र रणनीतिक योजना हुनेछ । गाउँ–गाउँमा बजेट र गरीबमूखी कार्यक्रम लगेर जनताको सेवा गरिनेछ ।’
प्रधानमन्त्रीले सरकार निर्वाचनमार्फत् देशमा संविधान कार्यान्वयन गर्ने गृहकार्यमा लागिरहेको जानकारी दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘स्थानीय तह पूनर्संरचना आयोगले छिटै प्रतिवेदन दिँदैछ । हामी संविधान संशोधनको अन्तिम तयारीमा छौं । विवादहरु घटेका छन्, राजनीतिक समझदारीको वातावरण सकारात्मक बन्दैछ । संविधान संशोधनपछि सरकारले चुनावको मिति घोषणा गर्नेछ । संविधान कार्यान्वयनको दायित्वप्रति सरकार पूर्ण इमान्दार र क्रियाशील छ ।’
भेटमा प्रधानमन्त्रीले नेपाल, भारत र चीनबीचको सम्बन्ध निकै सकारात्मक दिशामा अगाडि बढेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘प्रचण्डले देशको नेतृत्व गरेको कुरा कतिपयलाई मन परेको छैन । उनीहरुलाई प्रचण्ड रहुञ्जेल हाम्रो भविष्य छैन भन्ने डर पनि होला । त्यसैले उनीहरु देशकै हितमा गरिएका काम र महत्वपूर्ण उपलब्धिहरुको पनि गलत प्रचार गरिरहेका छन् । तर, मेरो नेतृत्वको सरकारले नेपाल, भारत र चीनबीच हार्दिक, मैत्रीपूर्ण एवं नेपालको विकासका लागि डाइनामिक पुल बन्ने गरी सम्बन्ध सुदृढ गर्दैछ । यो कुरा सामान्य होइन, नेपालकै सन्दर्भमा युगान्तकारी र ऐतिहासिक उपलब्धि हो ।’
भेटमा माओवादी केन्द्र पर्वतका नेत्रनाथ अधिकारी, कृष्ण पराजुली, दीपक आचार्य, मनरुपा सुवेदी, ढाकाराम गौतम लगायतका नेताहरुले पर्वतको विकासलाई उच्च प्राथमिकतामा राख्न, शहिद परिवारहरुलाई न्यायोचित क्षतिपूर्तिको व्यवस्था गर्न, विकास निर्माणलाई दुरदराजसम्म लैजाने व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।

वि.सं.२०७३ कात्तिक १० बुधवार ०८:०५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
पहिरोले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति

पहिरोले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति

फुङ्लिङ (ताप्लेजुङ) । जिल्लाको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति...

अवैध रकम खातामा जम्मा भए जानकारी दिन सिआइबीको अनुरोध

अवैध रकम खातामा जम्मा भए जानकारी दिन सिआइबीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध ‘च्यानल’ को...

प्रधानमन्त्री ओलीको राजनीतिक र आर्थिक सल्लाहकारमा रिमाल र खतिवडा

प्रधानमन्त्री ओलीको राजनीतिक र आर्थिक सल्लाहकारमा रिमाल र खतिवडा

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा डा....

अम्बिका श्रेष्ठको निधनले मुलुकको पर्यटन क्षेत्रमा अपुरणीय क्षति

अम्बिका श्रेष्ठको निधनले मुलुकको पर्यटन क्षेत्रमा अपुरणीय क्षति

सिबी अधिकारी, काठमाडौँ । द्ववारिकाज होटल पर्यटनको पर्यायवाची नाम हो...

सैनिक कल्याणकारी कोषमा ७५ अर्ब बढी रकम मौज्दात

सैनिक कल्याणकारी कोषमा ७५ अर्ब बढी रकम मौज्दात

काठमाडौँ । नेपाली सेनाका सकल दर्जा, अवकाश प्राप्त सैनिक र...

द्वारिकाज होटेलकी संस्थापक अम्बिका श्रेष्ठको निधन

द्वारिकाज होटेलकी संस्थापक अम्बिका श्रेष्ठको निधन

काठमाडौँ । द्वारिकाज होटेलकी संस्थापक अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा...