back
CTIZAN AD

सरकारी अस्पतालद्वारा फार्मेसी सञ्चालन

वि.सं.२०७३ कात्तिक १० बुधवार

990 

shares

१० कात्तिक,रत्ननगर (चितवन) । चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालले हाताभित्र आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ ।

बिरामीलाई सर्वसुलभरुपमा औषधि उपलब्ध गराउने उद्देश्यले अस्पतालले फार्मेसी सञ्चालनमा ल्याएको हो । यहाँको अस्पताल बाहिर औषधि पसलमा चर्काे मूल्यमा औषधि लिन बिरामी बाध्य छन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीले बिरामीको समस्यालाई ध्यामा राखेर फार्मेसी सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएपछि अस्पतालले फार्मेसी सुरु गरेको उहाँको भनाइ छ ।

अस्पतालले हाललाई ४०० प्रकारका औषधि राखेर सेवा सुरु गरेको छ । आवश्यकताअनुसार औषधि थप्दै जाने मरासिनीले बताउनुभयो ।

अस्पतालले बाहिरका मेडिकलमा भन्दा सस्तो दरमा बिरामीलाई औषधि उपलब्ध गराउने जनाएको छ । “हामी छिट्टै अन्य प्रकारका औषधि पनि ल्याएर जनतालाई सर्वसुलभ तरिकाले उपलब्ध गराउँछौँ” अस्पतालका मेसु डा मरासिनीले भन्नुभयो, “सबै चुनौतीलाई पन्छाएर फार्मेसी सञ्चालनमा ल्याएका हौँ ।”

सरकारले छ महिनाभित्रमा देशभरका हरेक सरकारी अस्पतालले आफैँले फार्मेसी सञ्चालन गर्न निर्देशन दिइसकेको छ । चितवनको भरतपुर अस्पतालले गएको एक वर्षमा विभिन्न क्षेत्रमा सेवा थपेर क्षमता विकास गर्दै आएको छ ।

आइसियु, पोस्ट अपरेटिभ वाड शल्यक्रिया कक्षलाई आधुनिक प्रविधिसहित क्षमता थपेर अस्पतालले सेवा दिन थालेको यसअघिका अस्पतालका अध्यक्ष विजय सुवेदीले जानकारी दिनुभयो ।

अस्पतालमा १० वटा ठूला भवन निर्माण भएपछि क्षमता विस्तार गरिएको हो । अस्पतालले शवगृह निर्माण गरेर समेत विगतको सास्तीलाई कम गरेको छ । रासस

वि.सं.२०७३ कात्तिक १० बुधवार ०८:०१ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...