back
CTIZAN AD

‘कृषिको व्यवसायीकरण गर्ने सहकारीलाई सरकारले सहयोग गर्ने’

वि.सं.२०७५ पुस २९ आइतवार

711 

shares

२९ पुस, विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कृषिको व्यवसायीकरणमा सहयोग गर्ने सहकारीलाई सरकारले सहयोग गर्ने बताएका छन् ।

जिल्ला सहकारी सङ्घ लिमिटेड मोरङको शनिबार यहाँ आयोजित २६औँ वार्षिक साधारणसभामा उनले कृषि उत्पादन गरी वैदेशिक व्यापार घाटा कम गर्ने कार्यमा सहकारी लाग्नुपर्नेमा जोड दिए । उनले प्रदेश नं १ को सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताउँदै कृषिजन्य वस्तुको उत्पादन गर्ने योजना लिएर आउने सहकारीलाई सहयोग गरिने जानकारी गराए ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक रमेशप्रसाद पोखरेल, जिल्ला सहकारी सङ्घका सल्लाहकार तथा कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले, प्रदेश नं १ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्ट, रामचन्द्र गौतम, केशवप्रसाद पोखरेलले सरकारले अघि सारेको विकास र समृद्धिको अभियानलाई सहकारी क्षेत्रले सहयोग गर्नुपर्ने बताए ।

वि.सं.२०७५ पुस २९ आइतवार ०८:३० मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...