back

‘कृषिको व्यवसायीकरण गर्ने सहकारीलाई सरकारले सहयोग गर्ने’

वि.सं.२०७५ पुस २९ आइतवार

186 

shares
NTC AD
Global IME AD

२९ पुस, विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कृषिको व्यवसायीकरणमा सहयोग गर्ने सहकारीलाई सरकारले सहयोग गर्ने बताएका छन् ।

जिल्ला सहकारी सङ्घ लिमिटेड मोरङको शनिबार यहाँ आयोजित २६औँ वार्षिक साधारणसभामा उनले कृषि उत्पादन गरी वैदेशिक व्यापार घाटा कम गर्ने कार्यमा सहकारी लाग्नुपर्नेमा जोड दिए । उनले प्रदेश नं १ को सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताउँदै कृषिजन्य वस्तुको उत्पादन गर्ने योजना लिएर आउने सहकारीलाई सहयोग गरिने जानकारी गराए ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक रमेशप्रसाद पोखरेल, जिल्ला सहकारी सङ्घका सल्लाहकार तथा कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले, प्रदेश नं १ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्ट, रामचन्द्र गौतम, केशवप्रसाद पोखरेलले सरकारले अघि सारेको विकास र समृद्धिको अभियानलाई सहकारी क्षेत्रले सहयोग गर्नुपर्ने बताए ।

वि.सं.२०७५ पुस २९ आइतवार ०८:३० मा प्रकाशित

NLIC AD
NABIL bank AD
डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

घोडाघोडी (कैलाली) । चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली...