back
CTIZAN AD

‘औद्योगिक क्षेत्र व्यवस्थापनको जिम्मा प्रदेशलाई दिनुपर्ने’

वि.सं.२०७५ पुस २९ आइतवार

756 

shares

२९ पुस, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले औद्योगिक क्षेत्रको व्यवस्थापनको जिम्मा सङ्घीय सरकारबाट प्रदेश सरकारलाई दिनुपर्ने बताएका छन् ।

शनिबार आयोजित उद्योग सङ्घको १७ औँ साधारणसभामा उनले रोजगारी वृद्धिका लागि औद्योगिक विकास र औद्योगिक विकासका लागि लगानीमैत्री कानूनको आवश्यकता पूरा गर्नतर्फ प्रदेश सरकारलाई अधिकार दिन छलफल भैरहेको जानकारी दिए ।

सङ्घका अध्यक्ष नवराज अर्यालले औद्योगिक क्षेत्र सङ्घीय सरकारबाट प्रदेश सरकार मातहत ल्याउनुपर्ने, एकद्वार प्रणाली अपनाउन पर्ने, औद्योगिक क्षेत्रमा उद्योगले प्रयोग गर्ने जग्गा न्यून भाडामा ९९ वर्षको भोगाधिकार दिनुपर्ने, उद्योगलाई पाँच वर्ष कर छुट दिनपर्ने, कच्चा पदार्थ र तयारी वस्तुको आयात भन्सार दरमा कम्तिमा १५५ फरक हुनुपर्ने, बैंकको ब्याजदर पाँच वर्षसम्म स्थिर हुनुपर्ने र सामूहिक सौदाबाजिको व्यवस्था खारेज गर्नुपर्ने लगायतका ११ बुँदे माग प्रदेश सरकार समक्ष राखेका थिए ।

उनले विगतमा अस्थिर सरकार भएको समयमा औद्योगिक क्षेत्रको माग सम्बोधन नभएकाले औद्योगिक क्षेत्र फस्टाउन नसकेकाले वर्तमान सरकारले उद्योग क्षेत्रको समस्या समाधानको लागि विशेष ध्यान दिनपर्नेमा जोड दिएका थिए ।

वि.सं.२०७५ पुस २९ आइतवार ०८:२७ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...