back
CTIZAN AD

५० प्रतिशतले शेयर बढेपछि माथिल्लो तामाकोशीको कारोवार रद्ध

वि.सं.२०७५ पुस ३० सोमवार

729 

shares

३० पुस, काठमाडौ । नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार रद्द गरेको छ ।

बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोवार रद्ध गरेको हो । स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यकभन्दा बढीको कारोवार भएका कारण कारोवार रद्ध गर्नुपरेको जानकारी दिएका छन् ।

आइतबारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोवार सुरु भएको थियो । स्टकले सुरुआती चरणमा प्रतिकित्ता रु २२४ सम्मको सीमा निर्धारण गरेको थियो । आज बजार खुल्ने बित्तिकै दुई लाख ४३ हजार कित्ता शेयर खरिदका लागि लगानीकर्ता लालायित भएका थिए । खरिद गर्न चाहनेको सङ्ख्या बढेपनि बिक्री गर्न चाहने भने एक जना पनि देखिएको थिएन ।

नियमानुसार कुनै कम्पनीको शेयर मूल्यमा १० प्रतिशत भन्दा बढीले कमी आउँदा वा बढ्दा ‘सर्किट ब्रेक’ लगाउने गरिन्छ । यसको अर्थ १० प्रतिशतभन्दा बढीले कमी हुँदा वा बढी हुँदा सेयर कारोवार हुनुहुँदैन । तर प्राविधिक समस्याका कारण माथिल्लो तामाकोशीको शेयरमा उच्च अङ्कले वृद्धि हुन पुग्यो । बजार खुल्दा सो कम्पनीको शेयर रु ११२ ले वृद्धि भई रु ३३६ पुगेको थियो । स्टकले भने सीमाभन्दा बाहिर गएर भएको कारोवार रद्द भएको जनाएको छ ।

सेन्ट्रल फाइनान्सको धितोपत्र सूचीकरण स्थगित

स्टकले आजै सेन्ट्रल फाइनान्स लिमिटेडको धितोपत्र सूचीकरण स्थगित गरेको छ । धितोपत्र बजार मूल्यमा प्रभाव पार्ने सूचना सम्प्रेषणबारे स्पष्ट जानकारी नदिइएकाले कम्पनीको धितोपत्र सूचीकरण स्थगित भएको हो ।

कम्पनीको २७ गते बसेको सञ्चालक समितिको निर्णयमा नगद लाभांशसम्बन्धी सूचना आइतबार पत्रमार्फत प्राप्त भएको थियो । बजार मूल्यलाई प्रभाव पार्ने सूचना तत्काल उपलब्ध गराउनुपर्ने व्यवस्था भएपनि दुई दिन ढिला गरेर मात्रै उपलब्ध भएको स्टकको भनाइ छ ।

स्टकले नियमानुसार आवश्यक सूचना वा जानकारी प्रमुख कार्यकारी अधिकृत हुने भनी व्यवस्था भएकाले सो जिम्मेवारी पूरा नगरेकाका कारण नियमअनुसार किन कारवाही नगर्ने भनी स्टकले स्पष्टीकरण सोधको छ । स्टकले २४ घण्टा भित्र आवश्यक स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

यस्तै स्टकमा आजै बैंक अफ काठमाडौँको शेयर मूल्य समायोजन भएको छ । बैंकले १४ प्रतिशत शेयर लाभांश दिने निर्णय लगत्तै प्रतिकित्ता रु २८८ मा मूल्य समायोजन गरिएको हो । बैंकको औसत शेयर मूल्य रु ३२८ रहेको छ ।

वि.सं.२०७५ पुस ३० सोमवार १३:५२ मा प्रकाशित

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...