back
CTIZAN AD

अपराधीलाई कारवाही गर्न सञ्चारकर्मीले दबाब दिनुपर्छ : देउवा

वि.सं.२०७५ पुस ३० सोमवार

852 

shares

३० पुस, धनगढी ।  पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा हत्या बलात्कार जस्ता आपराधिक घटना बढ्दै गएको भन्दै यस्ता घटनाका अपराधिमाथि कारवाहीका लागि दबाब दिन सञ्चारकर्र्मीलाई आग्रह गरेका छन् ।

नेपाल प्रेस युनियनले आज यहाँ गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री देउवाले भने, “कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका दोषीलाई सरकारले लुकाउने काम गरेको छ, दोषीलाई कारवाही गर्न मिडियाले दबाब दिनुपर्छ ।”

नेता देउवाले आफ्नो नेतृत्वको सरकारले वाइड बडी जहाज खरीद गर्ने निर्णय नगरेको स्पष्ट पारे । देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामानै उपसमिति गठन गरेर वाइड बडी जहाज खरीद प्रक्रिया शुरु गरिएकोमा पुष्पकमल दहाल नेतृत्वको सरकारले जहाज खरीदका लागि जमानत बसेर बोलपत्र आह्वान गरेको जिकिर गरे । ‘आफ्नो नाम जोडेर भ्रम फैलाइएकामा दुःख व्यक्त गर्दै देउवाले भने, “विमान खरीदमा अनियमित गर्ने दोषीमाथि कारवाही गर्नुपर्छ ।”

चिकित्सा शिक्षालाई स्तरीय र युग सुहाउँदो बनाउन प्रा डा गोविन्द केसीसँग वार्ता गरेर आफ्नो नेतृत्वको सरकारले विगतमा ऐन ल्याएको देउवाले बताए । उनले अहिलेको सरकारले उक्त ऐन अध्यादेशमार्फत संशोधन गर्न खोजेको प्रति विरोध जनाए ।

वि.सं.२०७५ पुस ३० सोमवार १४:१२ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...