back

५० प्रतिशतले शेयर बढेपछि माथिल्लो तामाकोशीको कारोवार रद्ध

वि.सं.२०७५ पुस ३० सोमवार

132 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

३० पुस, काठमाडौ । नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार रद्द गरेको छ ।

बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोवार रद्ध गरेको हो । स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यकभन्दा बढीको कारोवार भएका कारण कारोवार रद्ध गर्नुपरेको जानकारी दिएका छन् ।

आइतबारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोवार सुरु भएको थियो । स्टकले सुरुआती चरणमा प्रतिकित्ता रु २२४ सम्मको सीमा निर्धारण गरेको थियो । आज बजार खुल्ने बित्तिकै दुई लाख ४३ हजार कित्ता शेयर खरिदका लागि लगानीकर्ता लालायित भएका थिए । खरिद गर्न चाहनेको सङ्ख्या बढेपनि बिक्री गर्न चाहने भने एक जना पनि देखिएको थिएन ।

नियमानुसार कुनै कम्पनीको शेयर मूल्यमा १० प्रतिशत भन्दा बढीले कमी आउँदा वा बढ्दा ‘सर्किट ब्रेक’ लगाउने गरिन्छ । यसको अर्थ १० प्रतिशतभन्दा बढीले कमी हुँदा वा बढी हुँदा सेयर कारोवार हुनुहुँदैन । तर प्राविधिक समस्याका कारण माथिल्लो तामाकोशीको शेयरमा उच्च अङ्कले वृद्धि हुन पुग्यो । बजार खुल्दा सो कम्पनीको शेयर रु ११२ ले वृद्धि भई रु ३३६ पुगेको थियो । स्टकले भने सीमाभन्दा बाहिर गएर भएको कारोवार रद्द भएको जनाएको छ ।

सेन्ट्रल फाइनान्सको धितोपत्र सूचीकरण स्थगित

स्टकले आजै सेन्ट्रल फाइनान्स लिमिटेडको धितोपत्र सूचीकरण स्थगित गरेको छ । धितोपत्र बजार मूल्यमा प्रभाव पार्ने सूचना सम्प्रेषणबारे स्पष्ट जानकारी नदिइएकाले कम्पनीको धितोपत्र सूचीकरण स्थगित भएको हो ।

कम्पनीको २७ गते बसेको सञ्चालक समितिको निर्णयमा नगद लाभांशसम्बन्धी सूचना आइतबार पत्रमार्फत प्राप्त भएको थियो । बजार मूल्यलाई प्रभाव पार्ने सूचना तत्काल उपलब्ध गराउनुपर्ने व्यवस्था भएपनि दुई दिन ढिला गरेर मात्रै उपलब्ध भएको स्टकको भनाइ छ ।

स्टकले नियमानुसार आवश्यक सूचना वा जानकारी प्रमुख कार्यकारी अधिकृत हुने भनी व्यवस्था भएकाले सो जिम्मेवारी पूरा नगरेकाका कारण नियमअनुसार किन कारवाही नगर्ने भनी स्टकले स्पष्टीकरण सोधको छ । स्टकले २४ घण्टा भित्र आवश्यक स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

यस्तै स्टकमा आजै बैंक अफ काठमाडौँको शेयर मूल्य समायोजन भएको छ । बैंकले १४ प्रतिशत शेयर लाभांश दिने निर्णय लगत्तै प्रतिकित्ता रु २८८ मा मूल्य समायोजन गरिएको हो । बैंकको औसत शेयर मूल्य रु ३२८ रहेको छ ।

वि.सं.२०७५ पुस ३० सोमवार १३:५२ मा प्रकाशित

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि...

कांग्रेस महासमिति बैठक : एक हजार ६३ जनाको हस्ताक्षसहित हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

कांग्रेस महासमिति बैठक : एक हजार ६३ जनाको हस्ताक्षसहित हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक...

गैरकानुनी रुपमा भोग चलन गरिँदै आएका जग्गाको विवरण पठाउन ७७ जिल्लामा गृहको निर्देशन

गैरकानुनी रुपमा भोग चलन गरिँदै आएका जग्गाको विवरण पठाउन ७७ जिल्लामा गृहको निर्देशन

काठमाडौं । गृहमन्त्रालयले ७७ वटै जिल्लामा गैरकानुनी रुपमा भोगचलन गरिदैँ...

प्रतिनिधिसभा बैठक : गणपूरक सङ्ख्या नपुगेपछि विधेयक पेस हुन सकेन

प्रतिनिधिसभा बैठक : गणपूरक सङ्ख्या नपुगेपछि विधेयक पेस हुन सकेन

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई...

फागुन १६ बाट काठमाडौं महानगरमा रुबेला र दादुरा खोप लगाइने

फागुन १६ बाट काठमाडौं महानगरमा रुबेला र दादुरा खोप लगाइने

काठमाडौं । काठमाडौं महानगरपालिकामा फागुन १६ गतेबाट रुबेला दादुरा खोप...

रास्वपाद्वारा सडक र सदन दुवै अवरुद्ध गर्ने चेतावनी

रास्वपाद्वारा सडक र सदन दुवै अवरुद्ध गर्ने चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सडक र सदन दुवै...