back
CTIZAN AD

डिसेम्बरमा चीनको आन्तरिक ऋणमा वृद्धि

वि.सं.२०७५ माघ २ बुधवार

699 

shares

२ माघ, बेइजिङ, चीन । चीनको सन् २०१८ को डिसेम्बरमा चीनको आन्तरिक ऋण १.०८ ट्रिलियन युआन (झण्डै एक खर्ब ६० अर्ब अमेरिकी डलर) पुगेको केन्द्रीय बैंकको मङ्गलबार सार्वजनिक तथ्याङ्कले जनाएको छ । यो गत बर्षको सोही महिनाको तुलनामा चार खर्ब ९९ अर्ब ५० करोड युआन बढी हो ।

यद्यपि सन् २०१८ को नोभेम्बरको तुलनामा नयाँ ऋण रकममा सामान्य कमी अर्थात् १.२५ ट्रिलियन युआनबाट १.०८ ट्रिलियन युआनमा झरेको पिपुल्स बैंक अफ चाइना (पीबीओसी) ले जनाएको छ । एक ट्रिलियन बराबर दश खर्ब हुन्छ ।

मुद्रा आपूर्ति गर्ने मापदण्ड एम-२, जसले मुद्रा सञ्चार र सम्पूर्ण निक्षेपको लेखाजोखा राख्छ, अघिल्लो वर्षको तुलनामा ८.१ प्रतिशत बढेर डिसेम्बरको अन्त्यसम्ममा १८२.६७ ट्रिलियन युआन पुगेको छ ।

एम-२ को वृद्धि अघिल्लो महिनामा रेकर्ड भएको आठ प्रतिशतभन्दा बढी हो भने एक वर्ष पहिले सोही समयको तुलनामा बराबर हो ।

मुद्रा आपूर्तिको अर्को मापदण्ड एम–१, जसले नगद सञ्चार र निक्षेपको मागको रेकर्ड राख्छ, एक वर्ष पहिलेकोे तुलनामा गत डिसेम्बरमा १.५ प्रतिशत वृद्धि अर्थात ५५.१७ ट्रिलियन युआन बढी देखिएको छ ।

समग्रमा सन् २०१८ को नयाँ युआनको ऋणमा अघिल्लो वर्षको तुलनामा २.६४ ट्रिलियन युआनले वृद्धि भई १६.१७ ट्रिलियन युआन पुगेको छ ।

वि.सं.२०७५ माघ २ बुधवार ०९:४७ मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...