back
CTIZAN AD

बँदेलको आक्रमणबाट किशोर घाइते

वि.सं.२०७५ माघ २ बुधवार

645 

shares

२ माघ, मार्तडी ।  बाजुराको बडीमालिका नगरपालिकामा जङ्गली जनावर बँदेलको आक्रमणबाट एक किशोर गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा बडीमालिका नगरपालिका–७ ढम्कनेका १५ वर्षीय रोशन रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । गाउँ नजिकैको हल्याडाँडा वनमा बुवासँग घाँस काट्न गएका रोकायालाई बँदेलले आक्रमण गरेको हो । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनलाई अछामको बयालपाटा अस्पताल लगिएको छ ।

बलात्कारी पक्राउ

बूढीगङ्गा नगरपालिका–८ नुवाकोट ४७ वर्षीय दलबहादुर थापालाई मङ्गलबार प्रहरीले बालिका बलात्कारको आरोपमा पक्राउ गरेको छ । थापाले १२ वर्षीया बालिकालाई गोठमा भैँसीलाई पानी र घाँस हाल्न गएको बेलामा बलात्कार गरेको जिल्ला प्रहरी कार्यायमा पीडितकी आमाले उजुरी दिएका छन् । उजुरीपछि थापालाई पक्राउ गरी हिरासतमा राखि अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।

वि.सं.२०७५ माघ २ बुधवार ०९:३४ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...