Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

बाख्रा चराउन जाँदा लडेर मृत्यु



११ कात्तिक, पाँचथर । जंगलमा बाख्रा चराउन गएका तेह्रथुमको लालीगुराँस नगरपालिका–९, सुङ्गनामका भक्तबहादुर तामाङ्ग आज मृत अवस्थामा भेटिएका छन् ।

घरबाट नजिकै रहेको बाघ खोर जंगलमा मंगलबार बिहान बाख्रा चराउन गएका ५० वर्षका तामाङ बेलुकी घर फर्किएनन् । बेलुका बाख्रा मात्रै घर फर्किएपछि आफन्त र छरछिमेकीले खोजे पनि भेटेनन् ।

बुधबार बिहान प्रहरी र गाउँलेले खोजी गर्दा लडेर टाउकोमा चोट लागेको अवस्थामा तामाङको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिनुभयो । तामाङको जिल्ला अस्पताल तेह्रथुममा पोष्टमार्टम गरिएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।