back
CTIZAN AD

“सूचना लिन समस्या भए प्रमुख आयुक्तलाई सम्पर्क गर्नुहोस्’

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

957 

shares

११ कात्तिक, महेन्द्रनगर (धनुषा) । जनतालाई सहज रुपमा सूचना उपलब्ध गराउन राष्ट्रिय सूचना आयोग प्रतिबद्ध रहेको सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले बताउनुभएको छ ।

बुधबार जनकपुरमा सूचना अभियन्ता र नागरिक समाजसँगको सूचना अधिकारसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रमुख आयुक्त बास्कोटाले सूचना लिन कुनै प्रकारको समस्या आए सिधै प्रमुख आयुक्तसँग सम्पर्क गर्न आग्रह गर्नुभयो ।

उहाँले कार्यालयमा सूचना दिने वातावरण हाल भइरहेको बताउँदै लोकतन्त्रको मुख्य आधार स्तम्भ भनेको नै वाक तथा प्रकाशन स्वतन्त्रता हो भन्नु भयो ।

प्रमुख आयुक्त बास्कोटाले आम नेपाली नागरिकले कुनै नेता वा कर्मचारीको चाकडी गरेर सार्वजनिक निकायमा रहेका सूचना सोर्सफोर्स लगाएर घुस खुवाएर लिनुपर्छ भन्ने अवधारणाबाट आम जनता पनि माथि उठ्नुपर्ने धारणा व्यक्त गर्दै भन्नुभयो, “प्रत्येक नेपाली नागरिकले संविधानले मलाई सूचनाको हक मौलिक हकका रुपमा दिएको छ । मैले सूचना माग गर्छु । सूचना नदिने, सूचना लुकाउने पदाधिकारी उपर म राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेर त्यसलाई दण्डित गर्छु, त्यस्तालाई सार्वजनिक अपराधको मुद्दा लगाउँछु भन्ने हैसियत आम जनताले कायम गर्न सक्नुभयो भने सूचनाको हकको प्रचलन बढेर जान्छ ।”

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहालले सूचनाको हक लागू भएको एक दशक बित्न लाग्दा पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा सूचनाको अभियान अपेक्षाकृत रुपमा अगाडि बढ्न नसकेको गुनासो गर्नुभयो ।

कार्यक्रममा आरटिआई धनुषाका अध्यक्ष शैलेन्द्र झा, सूचना अभियन्ता अजय साह, अभय शर्मा, राजन सिंह, पत्रकार वृजकुमार यादव, प्रमोद रङ्गीले, गैरसरकारी संस्थाका अध्यक्ष धीरेन्द्र सिंह सहितका वक्ताले सूचनाको महत्वबारे आ–आफ्ना धारणा राख्नु भएको थियो ।

वि.सं.२०७३ कात्तिक ११ बिहीवार ०३:१६ मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...