back
CTIZAN AD

सेपाकताक्रोमा नेपाललाई दुई कास्य

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

1.4K 

shares

११ कात्तिक, काठमाडौँ । थाइल्यान्डको बैंककमा भएको ३१औँ किङ्स कप विश्व च्याम्पियनसिपमा नेपाली सेपाकताक्रो टोलीले दुई पदक जितेको छ ।

नेपाल सेपाकताक्रो सङ्घले आफ्ना विभिन्न कार्यक्रम सार्वजनिक गर्ने उद्देश्यले यहाँ बुधबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नेत्रप्रसाद लिम्बूले नेपालले दुई कास्य जितेको जानकारी दिनुभयो ।

अक्टोबर १७ देखि २३ तारिखसम्म भएको च्याम्पियनसिपमा नेपाली टोलीले रेगु इभेन्ट र डबल इभेन्टमा कास्य जितेको हो । नेपाली टोलीबाट अनिल गुरुङको कप्तानीमा अनिल जर्घा मगर, एलन गुरुङ, राजु तामाङ, शैलेश दाहाल, रोशन तामाङ, सुजन डङ्गोल, मुकुन्द गौतम र रुपेश सुनारले प्रतिस्पर्धा गरेका थिए । टोलीको प्रशिक्षकमा गङ्गा गुरुङ रहनुभएको छ ।

पत्रकार सम्मेलनमा सेपाकताक्रो सङ्घका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार सीताराम मास्के एसियाली सेपाकताक्रो महासङ्घको उपाध्यक्षमा निर्वाचित भएको जानकारी गराइयो । मास्के अन्तर्राष्ट्रिय सेपाकताक्रो महासङ्घका सदस्यसमेत हुनुहुन्छ ।

राखेपका पूर्वकर्मचारी सम्मानित
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी सङ्घले राखेपका अवकाश प्राप्त पूर्व कर्मचारीलाई सम्मान गरेको छ । विसं २०६१ देखि ०७३ सम्मको अवधिमा अवकाश पाएका प्राविधिक र प्रशासनतर्फका विभिन्न तहका जम्मा ५० कर्मचारीलाई सम्मान गरिएको हो ।

उनीहरुलाई बुधबार आयोजित कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले कदरपत्रसहित सम्मान गर्नुभयो । सम्मानित हुनेमा रमेशराज जोशी, विश्वप्रकाश थापा, कमल प्रधान, प्रचण्डबहादुर सिंह, रमेशनाथ खनाल, शम्भुकुमार विष्ट, मुकुन्दलाल नकर्मी, धनबहादुर बस्नेत, भीम थापा, केशव गौतम, कपिलकिशोर श्रेष्ठ, शिवभक्त जोशी, दीपराज गुरुङ, अशोकराज पाण्डे छन् ।

त्यस्तै शान्ति सिंह, बृजेन्द्रबहादुर हमाल, नारायणबहादुर प्रधान, सुरेन्द्र सुवाल, कृष्ण थापा, मोहन गुरुङ घले, ध्रुवविक्रम शाह, ध्रुवबहादुर केसी, श्रीराम रञ्जीतकार, महेन्द्रलाल श्रेष्ठ, सुरेशसिंह आले, सोहन सिन्हा, सुरेन्द्र खाती, सत्येन्द्र बस्नेत, रुद्रप्रसाद ढकाल, बुद्धिसागर चापागाईं आदि सम्मानित भएका छन् ।

वि.सं.२०७३ कात्तिक ११ बिहीवार ०३:१८ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...