back

सेपाकताक्रोमा नेपाललाई दुई कास्य

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

960 

shares
IME Limited
NTC AD

११ कात्तिक, काठमाडौँ । थाइल्यान्डको बैंककमा भएको ३१औँ किङ्स कप विश्व च्याम्पियनसिपमा नेपाली सेपाकताक्रो टोलीले दुई पदक जितेको छ ।

नेपाल सेपाकताक्रो सङ्घले आफ्ना विभिन्न कार्यक्रम सार्वजनिक गर्ने उद्देश्यले यहाँ बुधबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नेत्रप्रसाद लिम्बूले नेपालले दुई कास्य जितेको जानकारी दिनुभयो ।

अक्टोबर १७ देखि २३ तारिखसम्म भएको च्याम्पियनसिपमा नेपाली टोलीले रेगु इभेन्ट र डबल इभेन्टमा कास्य जितेको हो । नेपाली टोलीबाट अनिल गुरुङको कप्तानीमा अनिल जर्घा मगर, एलन गुरुङ, राजु तामाङ, शैलेश दाहाल, रोशन तामाङ, सुजन डङ्गोल, मुकुन्द गौतम र रुपेश सुनारले प्रतिस्पर्धा गरेका थिए । टोलीको प्रशिक्षकमा गङ्गा गुरुङ रहनुभएको छ ।

पत्रकार सम्मेलनमा सेपाकताक्रो सङ्घका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार सीताराम मास्के एसियाली सेपाकताक्रो महासङ्घको उपाध्यक्षमा निर्वाचित भएको जानकारी गराइयो । मास्के अन्तर्राष्ट्रिय सेपाकताक्रो महासङ्घका सदस्यसमेत हुनुहुन्छ ।

राखेपका पूर्वकर्मचारी सम्मानित
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी सङ्घले राखेपका अवकाश प्राप्त पूर्व कर्मचारीलाई सम्मान गरेको छ । विसं २०६१ देखि ०७३ सम्मको अवधिमा अवकाश पाएका प्राविधिक र प्रशासनतर्फका विभिन्न तहका जम्मा ५० कर्मचारीलाई सम्मान गरिएको हो ।

उनीहरुलाई बुधबार आयोजित कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले कदरपत्रसहित सम्मान गर्नुभयो । सम्मानित हुनेमा रमेशराज जोशी, विश्वप्रकाश थापा, कमल प्रधान, प्रचण्डबहादुर सिंह, रमेशनाथ खनाल, शम्भुकुमार विष्ट, मुकुन्दलाल नकर्मी, धनबहादुर बस्नेत, भीम थापा, केशव गौतम, कपिलकिशोर श्रेष्ठ, शिवभक्त जोशी, दीपराज गुरुङ, अशोकराज पाण्डे छन् ।

त्यस्तै शान्ति सिंह, बृजेन्द्रबहादुर हमाल, नारायणबहादुर प्रधान, सुरेन्द्र सुवाल, कृष्ण थापा, मोहन गुरुङ घले, ध्रुवविक्रम शाह, ध्रुवबहादुर केसी, श्रीराम रञ्जीतकार, महेन्द्रलाल श्रेष्ठ, सुरेशसिंह आले, सोहन सिन्हा, सुरेन्द्र खाती, सत्येन्द्र बस्नेत, रुद्रप्रसाद ढकाल, बुद्धिसागर चापागाईं आदि सम्मानित भएका छन् ।

वि.सं.२०७३ कात्तिक ११ बिहीवार ०३:१८ मा प्रकाशित

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज...

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका...

एसिसी पुरुष यु-१६ःनेपाल बलिङ गर्दै

एसिसी पुरुष यु-१६ःनेपाल बलिङ गर्दै

काठमाडौँ । एसियाली क्रिकेट परिषद् (एसिसी) पुरुष यु–१६ ‘इस्ट जोन’...

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह...

एएफसी महिला एसियन कपः पहिलो आफमा नेपालको अग्रता

एएफसी महिला एसियन कपः पहिलो आफमा नेपालको अग्रता

काठमाडौँ । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत...