back

नेपाली युवा अनुपलाई अन्तर्राष्ट्रिय पुरस्कार

वि.सं.२०७५ माघ ७ सोमवार

447 

shares
GLOBAL IME AD
NTC AD

७ माघ, परासी । शान्ति अभियान नेपाल नवलपरासी शाखाका अध्यक्ष अनुप न्यौपानेलाई बङ्गलादेश सरकारले ‘अन्तर्राष्ट्रिय युवा र शान्ति अवार्ड २०१८’ बाट सम्मान गरेको छ ।

युवा तथा शान्ति स्थापनाको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै बङ्गलादेशको युवा तथा खेलकूद मन्त्रालयले नेपालका २२ वर्षीय न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरेको हो ।

बङ्गलादेशले यो पुरस्कार युवा तथा शान्तिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनेलाई प्रदान गर्दै आएको छ । यसैगरी शान्ति अभियान नेपाल नवलपरासीकै महासचिव लिण्डा कालामगर र कार्यकरी सदस्य सिराज परियार पनि सोही पुरस्कारबाट सम्मानित भएका छन् ।

बङ्गलादेशकै सोसाइटी फर इनभाइरोमेन्ट एण्ड डेभलप्मेन्ट अबर्जर्भर नामक गैरसरकारी संस्थाले बालबालिकाको क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै पश्चिम नवलपरासीको सुनवल निवासी गौरव गैरे र सविना सुनारलाई पनि ‘अन्र्तराष्ट्रिय शान्ति पुरस्कार’ बाट सम्मान गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

पश्चिम नवलपरासीको सुनवल निवासी न्यौपानेले साउथ कोरिया, थाइल्याण्ड, मलेसिया, म्यानमार, बङ्गलादेशलगायतका देशमा पुगेर नेपालको शान्ति निर्माण प्रक्रियाबारे विश्वमा सन्देश फैलाएका छन् । त्यहाँका नागरिकलाई शान्ति निर्माण प्रक्रिया र त्यसपछिको अवस्थाका बारेमा उनले विभिन्न कार्यक्रममा प्रस्तुति गर्ने अवसर पाएका थिए ।

शान्ति प्रक्रियामा युवा र बालबालिकालाई कसरी परिचालन र सहभागी गराउन सकिन्छ भनेर पनि उहाँले धेरै देशका यो क्षेत्रमा काम गर्ने व्यक्तित्वसमक्ष आफ्ना विचार राख्दै आएका छन् ।
अनुप यसअघि इन्टरनेशनल युनाइटेड नेसन मोडुल प्रोग्राममा एशिया क्षेत्रबाट उत्कृष्ट ५०० युवामा छनोट पनि भएका थिए । संयुक्त राष्ट्र सङ्घको सर्वोच्च पद महासचिव हुने लक्ष्य आफूले लिएको उनले बताए ।

वि.सं.२०७५ माघ ७ सोमवार १०:४३ मा प्रकाशित

महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ

महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ

काठमाडौं । नुवाकोटको सूर्यगढी नगरपालिका–१ की २८ वर्षीया विमला तामाङको...

नेसपाले ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने

नेसपाले ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले प्रशिक्षण, सङ्गठन विस्तार...

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

काठमाडौँ । केही दिन अगाडि एक वयस्क महिला छोरालाई कुकुरले...

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई...

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमाथि प्राध्यापकले जातीय विभेद...

बाँझो बारीमा आलुखेती गर्दै पालिका

बाँझो बारीमा आलुखेती गर्दै पालिका

पर्वत । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि...