back
CTIZAN AD

नेपाली युवा अनुपलाई अन्तर्राष्ट्रिय पुरस्कार

वि.सं.२०७५ माघ ७ सोमवार

759 

shares

७ माघ, परासी । शान्ति अभियान नेपाल नवलपरासी शाखाका अध्यक्ष अनुप न्यौपानेलाई बङ्गलादेश सरकारले ‘अन्तर्राष्ट्रिय युवा र शान्ति अवार्ड २०१८’ बाट सम्मान गरेको छ ।

युवा तथा शान्ति स्थापनाको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै बङ्गलादेशको युवा तथा खेलकूद मन्त्रालयले नेपालका २२ वर्षीय न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरेको हो ।

बङ्गलादेशले यो पुरस्कार युवा तथा शान्तिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनेलाई प्रदान गर्दै आएको छ । यसैगरी शान्ति अभियान नेपाल नवलपरासीकै महासचिव लिण्डा कालामगर र कार्यकरी सदस्य सिराज परियार पनि सोही पुरस्कारबाट सम्मानित भएका छन् ।

बङ्गलादेशकै सोसाइटी फर इनभाइरोमेन्ट एण्ड डेभलप्मेन्ट अबर्जर्भर नामक गैरसरकारी संस्थाले बालबालिकाको क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै पश्चिम नवलपरासीको सुनवल निवासी गौरव गैरे र सविना सुनारलाई पनि ‘अन्र्तराष्ट्रिय शान्ति पुरस्कार’ बाट सम्मान गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

पश्चिम नवलपरासीको सुनवल निवासी न्यौपानेले साउथ कोरिया, थाइल्याण्ड, मलेसिया, म्यानमार, बङ्गलादेशलगायतका देशमा पुगेर नेपालको शान्ति निर्माण प्रक्रियाबारे विश्वमा सन्देश फैलाएका छन् । त्यहाँका नागरिकलाई शान्ति निर्माण प्रक्रिया र त्यसपछिको अवस्थाका बारेमा उनले विभिन्न कार्यक्रममा प्रस्तुति गर्ने अवसर पाएका थिए ।

शान्ति प्रक्रियामा युवा र बालबालिकालाई कसरी परिचालन र सहभागी गराउन सकिन्छ भनेर पनि उहाँले धेरै देशका यो क्षेत्रमा काम गर्ने व्यक्तित्वसमक्ष आफ्ना विचार राख्दै आएका छन् ।
अनुप यसअघि इन्टरनेशनल युनाइटेड नेसन मोडुल प्रोग्राममा एशिया क्षेत्रबाट उत्कृष्ट ५०० युवामा छनोट पनि भएका थिए । संयुक्त राष्ट्र सङ्घको सर्वोच्च पद महासचिव हुने लक्ष्य आफूले लिएको उनले बताए ।

वि.सं.२०७५ माघ ७ सोमवार १०:४३ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...