back
CTIZAN AD

केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु

वि.सं.२०७५ माघ ७ सोमवार

735 

shares

७ माघ, काठमाडौ ।  नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ ।

कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा भगतलाल श्रेष्ठले जानकारी दिए ।

“रुघा, खोकी, दम, ज्वरो, टाइफाइड एवं विभिन्न किसिमका सरुवा रोग र बूढाबूढी कैदीबन्दी भएका कारण मृत्यु भएको हो”, उनले भने । कारागार अस्पतालमा उपचार हुन नसकेको बिरामीलाई रोगको प्रकृति हेरेर वीरअस्पताल, शिक्षण अस्पताल, मानसिक अस्पताल, गङ्गालाल अस्पतालमा पठाउँदै आएको डा श्रेष्ठले बताए ।

विसं १९७१ मा स्थापना भएको मुलुककै पुरानो केन्द्रीय कारागार जगन्नाथदेवलमा विसं २०२० तिरबाट कैदीबन्दीको निःशुल्क स्वास्थ्य जाँच गर्दै आएको हो । केन्द्र, भद्र र महिला जेल भएको केन्द्रीय कारागारमा हाल दुई हजार ८०० कैदीबन्दी रहेका छन् ।

यस्तै चालू आवमा मात्र झण्डै पाँच हजार नयाँ तथा पुराना कैदीबन्दीले उपचार गराएको कारागार अस्पतालले जनाएको छ । आव २०७४-०७५ मा ३२ हजार नयाँ तथा पुराना कैदीबन्दीले उपचार गरेका थिए ।

२४ सैँ घण्टा कैदीबन्दीको स्वास्थ्यसम्बन्धी सेवा दिँदै आएको कारागार अस्पतालले केन्द्रीय कारागारका बिरामीबाहेक डिल्लीबजार कारागार र नख्खु कारागारका कैदीबन्दीको समेत उपचार गर्दै आइरहेको छ ।

वि.सं.२०७५ माघ ७ सोमवार १०:३९ मा प्रकाशित

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...