back
CTIZAN AD

लायन्सले दोश्रो चरणको नेपाली भाषा कक्षा संचालन गर्ने

वि.सं.२०७५ माघ ७ सोमवार

588 

shares

७ माघ, कोलोराडो अमेरीका । कोलोराडोको लङमन्ट स्थित हिमालयज् लायन्स क्लबको आयोजनामा नेपाली भाषा शिक्षा दोश्रो चरणको कक्षा यहि जनवरी २६ तरिक शनिबार बाट सुरु हुने भएको छ ।
लङमन्ट स्थित फायरहाउस आर्टसेन्टरमा प्रत्येक शनिबार बिहान ९ं.३० बजेबाट १०.३० बजे सम्म संचालन हुने र पछि बाल बलिका तथा अभिभावकबाट समय बढाउने सुझाव आएमा बिचारगर्न सकिने लायन्सका पूर्व अध्यक्ष प्रमोद श्रेष्ठले बताएका छन् ।

स्थानीय यसोदा भट्टले अध्यापन गराउने भाषा कक्षामा उपस्थित छात्र छात्राहरुलाई लेख्न पढ्न मात्र नभएर, नेपाली भाषामा बोल्ने, कथा, कबिता भन्ने, नाच गान गर्ने, कार्टुन देखाउने, अवलोकन भ्रमण गराउने जस्ता माध्यमबाट भाषा सिकाउने योजना रहेको लायन्स ६ नर्थ ईष्टका तृतिय उपाध्यक्ष जोशन श्रेष्ठले बताएका छन् ।
प्रवासमा नेपाल र नेपाली चिनाउने मुख्य माध्यम भनेकै हाम्रो भाषा संस्कृती हो । यहा जन्मेका बाल बलिकाहरुलाई यसरी भाषा संस्कृती सिकाउदै नजाने हो भने हाम्रो भाषा संस्कृती यहि पुस्तामा मात्र सिमित रहने खतरा बढ्दै गएको कारण भाषा शिक्षाको कार्यक्रमलाई निरन्तरता दिन लागिएको संस्थाका अध्यक्ष बिकल पराजुलीले बताएका छन् ।

वि.सं.२०७५ माघ ७ सोमवार ११:०८ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...