back
CTIZAN AD

ओखलढुंगा सेवा समाज कतारको अधिवेशन सम्पन्न

वि.सं.२०७५ माघ ७ सोमवार

792 

shares

१८ जनवरी २०१९ का दिन ओखलढुंगा सेवा समाज कतारको सातौं अधिवेशन सम्पन्न भएको छ ।

अध्यक्ष अशोक तामाङको सभापतित्व, एनआरएनए एनसीसी कतारका अध्यक्ष नबिन पोखरेलको प्रमुख आतिथ्य र प्रदेश नं १ समन्वय परिषद कतारका अध्यक्ष चुडामणि कार्कीको विशेष आतिथ्यमा साथै प्रदेश नं। १ अन्तर्गतका जिल्ला संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायत अन्य सहयोगी संस्थाहरू, सामाजसेवी व्यक्तित्वहरू, संस्थाका सदस्यहरु, पत्रकार, प्रतिनिधिहरू लगायत ओसेस कतारका शुभचिन्तकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सो अवसरमा ओखलढु्ंगा सेवा समाज कतारको स्थापना कालदेखि नै विविध सामाजिक सेवाका कार्यहरू संगसंगै जिल्लामा एम्बुलेन्स संचालन गर्ने अग्रजहरूको त्यो बेलाको एउटा परिकल्पना सफल भएको र त्यस अभियाननलाई सफल पार्नको निमित्त सहयोग गर्ने सहयोगी संस्थाहरू साथै व्यक्तिहरुलाई सम्मान स्वरूप सम्मान पत्र प्रदानद्वारा सम्मान गरिएको थियो।

मोसु कतारका पूर्व अध्यक्ष तथा प्रदेश नं १ समन्वय परिषद कतारका वर्तमान महासचिव टि एन बरालको संयोजकत्वमा झापाली समाज कतारका अध्यक्ष भवानी कोईराला र पाँचथर सेवा समाज कतारका उपाध्यक्ष खडानन्द बास्कोटा सदस्य रहेको निर्वाचन समितिले अधिवेशनको बन्दसत्रबाट ओसेस कतारको विधान अनुसार १५ सदस्ययी कार्यसमिति मध्ये २ जना सदस्यलाई कार्यसमितिले मनोनीत गर्ने अख्तियारी सहित १३ सदस्ययी कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गर्दै अधिवेशन सम्पन्न भएको थियो ।
नवनिर्वाचित कार्यसमिति यस प्रकार छन् :
अध्यक्ष – भीम तामाङ (निश्चल)
प्रथम उपाध्यक्ष – सबिना तामाङ
द्धितिय उपाध्यक्ष – मोहन बा खत्री
महासचिव – ब्रिन्दराज राई
सचिव – रमेश कुमार मगर
कोषाध्यक्ष – अर्जुन बि.कि.
सहकोषाध्यक्ष – प्रेम बा दर्जी
सदस्य – तेज बहादुर कार्की
सदस्य – सुदीप भित्रीकोटी
सदस्य – बेद प्रसाद दाहाल
सदस्य –  सुबास तामाङ
सदस्य – लाल ब. तामाङ
सदस्य – प्रेम बर्मा

वि.सं.२०७५ माघ ७ सोमवार १३:४२ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...