back
CTIZAN AD

इन्डोनेसियामा दुईवटा शक्तिशाली भूकम्प

वि.सं.२०७५ माघ ८ मंगलवार

579 

shares
after powerful 6.4 magnitude earthquake

८ माघ, जकार्ता –  इन्डोनेसियामा मङ्गलबार केही समयको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । स्थानीय अधिकारीहरुले भूकम्पका कारण सुनामी आइहाल्ने अवस्था नदेखिएको बताएका छन् ।

पहिलो भूकम्प इन्डोनेसियाको सुम्बा द्वीपमा गएको थियो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प ६ दशमलब ४ म्याग्नीच्यूडको थियो । भूकम्पका कारण हुनसक्ने धनजनको क्षतिको विवरण प्राप्त नभएको इन्डोनेसियाली विपद निकायले जनाएको छ ।

अर्को भूकम्प मध्य इन्डोनेसियाको पूर्वी टेन्गारा प्रान्तलाई केन्द्रविन्दु बनाएर गएको थियो । उक्त भूकम्प ६ दशमलब ७ म्याग्नीच्यूडको थियो ।

दुबै भूकम्प लगत्तै स–साना भूकम्पका धक्का महसुस गरिएको इन्डोनेसियाको जलवायु विज्ञान विभागका प्रियो बुडीले बताएका छन् ।

इन्डोनेसिया गत डिसेम्बरमा जाभा र सुमात्रा द्वीपको बीचमा अवस्थित सुन्डा स्ट्रेटमा भएको ज्वालामुखी विस्फोट र त्यसबाट उत्पन्न सुनामीका कारण ४०० भन्दा बढी सर्वसाधारणको मृत्युका कारण शोकको अवस्थामा रहेको छ । उक्त सुनामीका कारण पूर्वाधार र आवासीय क्षेत्रमा ठूलो क्षति पुगेको थियो ।

इन्डोनेसिया भूकम्पीय जोखिमका दृष्टिले अत्यन्त कमजोर मानिन्छ । भूकम्पसँगै प्रशान्त महासागरबाट उत्पन्न हुने सुनामीले पनि इन्डोनेसियामा बर्सेनि धनजनको ठूलो क्षति हुने गरेको छ ।

विगत ६ महिनाभित्रै तीनवटा ठूला सुनामीका घटना भइसकेका छन् । लोम्बोकमा जुलाई र अगस्टमा शक्तिशाली भूकम्पसँगै सुनामीले क्षति गरेको थियो भने सेप्टेम्बरमा पालुमा २२०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । उक्त घटनामा हजारौं व्यक्ति अझै पनि बेपत्ता छन् ।

वि.सं.२०७५ माघ ८ मंगलवार १३:४५ मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...