back

इन्डोनेसियामा दुईवटा शक्तिशाली भूकम्प

वि.सं.२०७५ माघ ८ मंगलवार

345 

shares
GLOBAL IME AD
NTC AD
after powerful 6.4 magnitude earthquake

८ माघ, जकार्ता –  इन्डोनेसियामा मङ्गलबार केही समयको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । स्थानीय अधिकारीहरुले भूकम्पका कारण सुनामी आइहाल्ने अवस्था नदेखिएको बताएका छन् ।

पहिलो भूकम्प इन्डोनेसियाको सुम्बा द्वीपमा गएको थियो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प ६ दशमलब ४ म्याग्नीच्यूडको थियो । भूकम्पका कारण हुनसक्ने धनजनको क्षतिको विवरण प्राप्त नभएको इन्डोनेसियाली विपद निकायले जनाएको छ ।

अर्को भूकम्प मध्य इन्डोनेसियाको पूर्वी टेन्गारा प्रान्तलाई केन्द्रविन्दु बनाएर गएको थियो । उक्त भूकम्प ६ दशमलब ७ म्याग्नीच्यूडको थियो ।

दुबै भूकम्प लगत्तै स–साना भूकम्पका धक्का महसुस गरिएको इन्डोनेसियाको जलवायु विज्ञान विभागका प्रियो बुडीले बताएका छन् ।

इन्डोनेसिया गत डिसेम्बरमा जाभा र सुमात्रा द्वीपको बीचमा अवस्थित सुन्डा स्ट्रेटमा भएको ज्वालामुखी विस्फोट र त्यसबाट उत्पन्न सुनामीका कारण ४०० भन्दा बढी सर्वसाधारणको मृत्युका कारण शोकको अवस्थामा रहेको छ । उक्त सुनामीका कारण पूर्वाधार र आवासीय क्षेत्रमा ठूलो क्षति पुगेको थियो ।

इन्डोनेसिया भूकम्पीय जोखिमका दृष्टिले अत्यन्त कमजोर मानिन्छ । भूकम्पसँगै प्रशान्त महासागरबाट उत्पन्न हुने सुनामीले पनि इन्डोनेसियामा बर्सेनि धनजनको ठूलो क्षति हुने गरेको छ ।

विगत ६ महिनाभित्रै तीनवटा ठूला सुनामीका घटना भइसकेका छन् । लोम्बोकमा जुलाई र अगस्टमा शक्तिशाली भूकम्पसँगै सुनामीले क्षति गरेको थियो भने सेप्टेम्बरमा पालुमा २२०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । उक्त घटनामा हजारौं व्यक्ति अझै पनि बेपत्ता छन् ।

वि.सं.२०७५ माघ ८ मंगलवार १३:४५ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा

चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा

नोमपेन(कम्बोडिया) । चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीवार कम्बोडियाको भ्रमणका लागि...

अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको भनाइ

अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको भनाइ

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको टेबुलमा आउने कुरा...

अमेरिकासँग कर विवाद बढेपछि चीनद्वारा नयाँ बाणिज्य दूत नियुक्त

अमेरिकासँग कर विवाद बढेपछि चीनद्वारा नयाँ बाणिज्य दूत नियुक्त

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातमा लगाएको करवृद्धिको विरोधमा...

कर वृद्धिबारे निर्णय अब चीनको हातमा : ट्रम्प

कर वृद्धिबारे निर्णय अब चीनको हातमा : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले बोइङ सम्झौताबाट पछि...

रुसी आक्रमणबाट चार युक्रेनीको मृत्यु

रुसी आक्रमणबाट चार युक्रेनीको मृत्यु

किएभ, युक्रेन । पूर्वी युक्रेनको खार्किभ क्षेत्रमा सोमवार भएको रुसी...

संरक्षणवादले ‘गन्तब्यमा पुगिँदैन’ : चिनियाँ राष्ट्रपति सी

संरक्षणवादले ‘गन्तब्यमा पुगिँदैन’ : चिनियाँ राष्ट्रपति सी

हनोई । चिनियाँ राष्ट्रपति सी चिनफिङले भियतनामको भ्रमणका साथ दक्षिणपूर्वी...