back
CTIZAN AD

सबै वडामा हेलिप्याड निर्माण सम्पन्न

वि.सं.२०७५ माघ ८ मंगलवार

633 

shares

८ माघ, म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको मालिका गाउँपालिकाका सबै वडामा हेलिकप्टर अवतरण गर्ने स्थान (हेलिप्याड) निर्माण भएको छ ।

गाउँपालिकाले सुरक्षा निकाय, वडाका जनप्रतिनिधि, युवा क्लब र आमा समूहको सहयोगमा सातै वडामा हेलिप्याड बनाएको उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिइन् । निस्कोट, रुम, देवीस्थान र बिमको डाँडागाउँमा स्वास्थ्यचौकीको भवन नजिकै हेलिप्याड बनाइएको छ ।

यसैगरी डाँडागाउँमा वडा कार्यालय परिसर, ओखरबोटको ओखरबोट मावि परिसर र दरवाङको छ्यारछ्यारेमा हेलिप्याड निर्माण गरिएको छ । सशस्त्र प्रहरी बलको गलेश्वर बेसक्याम्प, नेपाल प्रहरी, जनप्रतिनिधि, युवा क्लब र आमा समूहका प्रतिनिधिले ढलान गरेर ‘एच’ आकारसहितको हेलिप्याड बनाएका हुन् । हेलिप्याड निर्माणमा नेपाली सेनाको श्रीबक्स गुल्मले पनि प्राविधिक सहयोग गरेको छ ।

भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रका बस्तीमा आकस्मिक बिरामी, दुर्घटना, पहिरो, बाढी कटान, आगलागीको अवस्थामा तत्कालै पुगेर उद्धार तथा व्यवस्थापनको कामलाई सहज बनाउन हेलिप्याड निर्माण गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

ट्र्याक खुलेको दशकपछि स्तरोन्नति

ट्र्याक खुलेको एक दशकपछि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकको स्तरोन्नति शुरु भएको छ । विसं २०६५ मा तत्कालीन स्थानीय निकाय र समुदायले ट्र्याक खोलेको जिल्लाकै जोखिमयुक्त र कठिन मानिने पोखरेबगरदेखि घार, शिख, फलाते हुँदै चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर सडक स्तरोन्नतिको काम शुरु भएपछि स्थानीयवासी उत्साहित भएका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइले हाल कच्ची, साँघुरो र ग्रेड नमिलेको अवस्थाका सडकलाई फराकिलो बनाएर ग्राभेल, ढलान, ग्यावियन पर्खाल, मेसिनरी पर्खाल, ह्युमपाइप, कल्भर्ट, सोलिङ र ३।७५ किलोमिटर कालोपत्र गर्ने काम अघि बढाएको आयोजना प्रमुख शिवराम गेलालले जानकारी दिए ।

गत मङ्सिर ९ गते रु २७ करोड ९१ लाख ३५ हजार २२० मा ठेक्का सम्झौता गरेको मोतीदान–जयमाता जेभीले प्रारम्भिक चरणमा सडक चक्लाउने र पर्खाल लगाउने काममा मजदुर र एक्साभेटर परिचालन गरेको छ । विसं २०७७ जेठ २२ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । समयमै गुणस्तरीय हिसाबले योजना सम्पन्न गराउन अनुगमन, सहजीकरण र समन्वय गरिएको छ ।

सडक स्तरोन्नति भएपछि पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, स्थानीयवासीलाई आवतजावत र ढुवानी तथा कृषि, पशु र वनजन्य उत्पादन निकासीमा सहयोग पुग्ने खिवाङका मनबहादुर गर्बुजाले बताए । सडकबाट घार, शिख, चित्रे, फलाते, घोडेपानी, खिवाङ, स्वता, किन्दु, पाउद्धारका बासिन्दाले सुविधा पाउनेछन् ।

सरकारले हालै घोषणा गरेको नेपालका १०० पर्यटकीयस्थलमा समावेश घोडेपानी र पुनहिल सूर्योदय, हिमशृङ्खला, वनजङ्गल, वन्यजन्तु र गुराँसे जङ्गलको अवलोकनका लागि प्रसिद्ध छ । शिखका बेगप्रसाद पुनले ट्र्याक खुलेको एक दशकपछि सडक स्तरोन्नति हुन लागेकामा स्थानीयवासीमा खुसीयाली छाएको बताए ।

वि.सं.२०७५ माघ ८ मंगलवार १३:४७ मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...