back
CTIZAN AD

एक भारतीयसहित दुई जना पक्राउ

वि.सं.२०७५ माघ ९ बुधवार

738 

shares

९ माघ, गौशाला । भारतबाट अवैध रुपमा भन्सार छली ल्याएका कपडाका साथ महोत्तरी प्रहरीले मङ्गलबार एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको सीतामढी जिल्लाको भेडियाही गाउँ पञ्चायत–५ का ४० वर्षीय सञ्जय साह र महोत्तरीको सोनमा गाउँपालिका–३ का ३५ वर्षीय लालबाबु राय रहेका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । भन्सार छलेर कपडा ल्याउँदै गरेका दुवैलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीका लागि मूल भन्सार कार्यालय भिट्ठामोड पठाइएको छ ।

चौध लाख जरिवाना असुल

नेपाल विद्युत प्राधिकरण शाखा जलेश्वर वितरण केन्द्रले विद्युत चोरी गर्नेबाट रु १४ लाख जरिवाना असुल गरेको छ । नेपाल विद्युत् प्राधिकरण शाखा जलेश्वर वितरण केन्द्रका प्रमुख माधवेन्द्र यादवका अनुसार चालू आवको ६ महीनामा जिल्लामा विद्युत चोरी गर्ने १५८ जनालाई कारवाही गरी सो रकम असुल गरिएको हो ।

उनले जिल्लाको विभिन्न ठाउँमा हुकिङ, मिटरमा गडबडी र अन्य विभिन्न तरिकाले विद्युत चुहावट चोरी गर्दै आएका व्यक्तिलाई वितरण केन्द्रबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीसँगै खटिएका विद्युत चुहावट नियन्त्रण प्राविधिक कर्मचारीसहितको टोलीले पक्राउ गरी कारवाही गरेको हो । विद्युत महसुल नबुझाउने ९४६ ग्राहकको लाइनसमेत काटिएको छ । जलेश्वर वितरण केन्द्रअन्तर्गत ५५ हजार ६७२ ग्राहक छन् ।

वि.सं.२०७५ माघ ९ बुधवार १०:२८ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...