९ माघ काठमाडौ । प्रतिनिधीसभाका सभामुख कृष्ण बहादुर महराले प्रतिनिधीसभाको बैठक अवरुद्ध गरेर संसद्लाई बन्धक नबनाउन कांग्रेससँग अनुरोध गरेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंगलबार संसद अवरुद्ध गरे लगतै सभामुखले पुन: संसद बैठक बोलाउँदा पनि संसद चल्न सकेको थिएन । सरकारका मन्त्री गीरीराजमणी पोखरेलले चिकीत्सा शिक्षा विद्येयक प्रस्तावका रुपमा पेस गर्न खोज्दा कांग्रेसका सांसदहरुले अवरोध मात्रै पुर्याएनन् उनलाई सत्ता पक्षिय सांसदहरुले छेकेर रोष्टममा पुर्याएका थिए ।
प्रतिपक्षको चर्को विरोध रहेकै अवस्थामा संसद सुचारु गर्न सभामुख महराले शुक्रबार १ बजे सम्मका लागि संसद् बैठक स्थगित गरेका थिए ।
आफुलाई लोकतन्त्रको पिता ठान्ने नेपाली कांग्रेसले आफ्नो प्रस्तुती र भुमीका पुनरावलोकन गर्दै प्रतिनिधिसभामा सहयोग पुर्याउने अपेक्षा सभामुख महराले गरेका छन् । सभामुख सुत्रका अनुसार शुक्रबार अगावै सभामुखले कांग्रेसका प्रमुख नेता र वैद्धिक समुदायसँग राय लिई संसदलाई अगाडी बढाउने प्रयास गरिरहेका छन् ।
अनसनरत डा. गोविन्द केसीका मागको विषय अगाडी देखाइए पनि कांग्रेसले आफ्ना नेता गीरीजाप्रसाद र शुसील कोइरालाका नाममा खुलेका दुईवटा अस्पताललाई केन्द्रीय महत्वको सरकारी अस्पतालमा नपार्नुले कांग्रेस बढि उत्तेजीत भएको बताइएको छ । केसीको अनसन सबैभन्दा बढी कांग्रेस नेतृत्वकै सरकारका पालामा रहेकाले पनि कांग्रेसको निसाना बढी सत्ता केन्द्रित रहेको पनि भनिएको छ ।
कांग्रेसले ओलीलाइ नै जवाफ दिन पार्ने र गलाउने रणनीति अनुसार संसद्लाई उत्तेजीत बनाएको विश्लेषण पनि गरीएको छ । सबैभन्दा बढि संसदवादी पार्टी कांग्रेसले आफ्नो धर्म र चरीत्र कायम गर्न निकास दिनुपर्ने विश्लेषण बौद्धिक समुदायको रहेको छ ।
वि.सं.२०७५ माघ ९ बुधवार १२:५४ मा प्रकाशित