back
CTIZAN AD

संसद्लाई बन्धक नबनाउन कांग्रेसलाई अनुरोध

वि.सं.२०७५ माघ ९ बुधवार

747 

shares

९ माघ काठमाडौ । प्रतिनिधीसभाका सभामुख कृष्ण बहादुर महराले प्रतिनिधीसभाको बैठक अवरुद्ध गरेर संसद्लाई बन्धक नबनाउन कांग्रेससँग अनुरोध गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंगलबार संसद अवरुद्ध गरे लगतै सभामुखले पुन: संसद बैठक बोलाउँदा पनि संसद चल्न सकेको थिएन । सरकारका मन्त्री गीरीराजमणी पोखरेलले चिकीत्सा शिक्षा विद्येयक प्रस्तावका रुपमा पेस गर्न खोज्दा कांग्रेसका सांसदहरुले अवरोध मात्रै पुर्याएनन् उनलाई सत्ता पक्षिय सांसदहरुले छेकेर रोष्टममा पुर्याएका थिए ।

प्रतिपक्षको चर्को विरोध रहेकै अवस्थामा संसद सुचारु गर्न सभामुख महराले शुक्रबार १ बजे सम्मका लागि संसद् बैठक स्थगित गरेका थिए ।

आफुलाई लोकतन्त्रको पिता ठान्ने नेपाली कांग्रेसले आफ्नो प्रस्तुती र भुमीका पुनरावलोकन गर्दै प्रतिनिधिसभामा  सहयोग पुर्याउने अपेक्षा सभामुख महराले गरेका छन् । सभामुख सुत्रका अनुसार शुक्रबार  अगावै सभामुखले कांग्रेसका प्रमुख नेता र वैद्धिक समुदायसँग राय लिई संसदलाई अगाडी बढाउने प्रयास गरिरहेका छन् ।

अनसनरत डा. गोविन्द केसीका मागको विषय अगाडी देखाइए पनि कांग्रेसले आफ्ना नेता गीरीजाप्रसाद र शुसील कोइरालाका नाममा खुलेका दुईवटा अस्पताललाई केन्द्रीय महत्वको सरकारी अस्पतालमा नपार्नुले कांग्रेस बढि उत्तेजीत भएको बताइएको छ । केसीको अनसन सबैभन्दा बढी कांग्रेस नेतृत्वकै सरकारका पालामा रहेकाले पनि कांग्रेसको निसाना बढी सत्ता केन्द्रित रहेको पनि भनिएको छ ।

कांग्रेसले ओलीलाइ नै जवाफ दिन पार्ने र गलाउने रणनीति अनुसार संसद्लाई उत्तेजीत बनाएको विश्लेषण पनि गरीएको छ । सबैभन्दा बढि संसदवादी पार्टी कांग्रेसले आफ्नो धर्म र चरीत्र कायम गर्न निकास दिनुपर्ने विश्लेषण बौद्धिक समुदायको रहेको छ ।

वि.सं.२०७५ माघ ९ बुधवार १२:५४ मा प्रकाशित

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...