back
CTIZAN AD

सांसद दवाडीद्वारा तलबभत्ता विकास निर्माणमा खर्च

वि.सं.२०७५ माघ ९ बुधवार

879 

shares

९ माघ, गोरखा ।  गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले सांसद भएबापत सरकारले उपलब्ध गराउने सम्पूर्ण तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रमा खर्च गरेका छन् ।

सांसद दवाडीले शपथ ग्रहण गरेदेखि अहिलेसम्म प्राप्त रु सात लाख ३० हजार ३१५ सामाजिक क्षेत्रमा खर्च गरेका हुन् । गोरखा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा ख बाट नेपाली काङ्गेसका तर्फबाट निर्वाचित भएका सांसद दवाडीले तलबभत्ताबापतको रकम मोटरबाटो निर्माण, एम्बुलेन्स खरीद, विभिन्न महिला समूहलाई भवन निर्माणका लागि खर्च गरेको जानकारी दिए । त्यस्तै तीन वटा विद्यालयलाई विद्यालय सञ्चालनका लागिसमेत रकम प्रदान गरेको उनले बताए ।

नेपाल प्रेस युनियनले गोरखाले सदरमुकाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारबाट तलबभत्ताबापत प्राप्त रकममा थप रु चार लाख ९० हजार ९०५ थप गरी एक वर्षको अवधिमा कूल रु १२ लाख २१ हजार २२० आफ्नो निर्वाचन क्षेत्रमा खर्च गरेको जानकारी दिए ।

“मैले निर्वाचनमा जितेलगत्तै सांसद भएबापत आफूले पाउने सेवा सुविधा विकास निर्माणका खर्च गर्छु भनेर प्रतिबद्धता जनाएको थिए”, उनले भने, “मैले सेवा सुविधा व्यक्तिगत खर्च गर्नु मनासिव ठानिन ।”
सांसद दवाडीले आफ्नो पेशा व्यवसायबाट हुने नाफाको कम्तीमा पाँच प्रतिशत रकमसमेत समाज सेवा खर्च गर्ने बताए ।

वि.सं.२०७५ माघ ९ बुधवार १३:०५ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...