back
CTIZAN AD

शैक्षिक महोत्सवमा विद्यालयलाई जग्गादान

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

891 

shares

 ११ कात्तिक,कञ्चनपुर कञ्चनपुरको झलारीपिपलाडी नगरपालिकामा बुधबार सम्पन्न प्राविधिक शिक्षाको शैक्षिक महोत्सवमा समाजसेवी भगवती चन्दले जग्गादान गर्नुभएको छ ।

राष्ट्रिय माध्यामिक विद्यालयमा प्राविधिक शिक्षाका लागि कात्तिक ३ देखि सुरु भई १० गते सम्पन्न शैक्षिक महोत्सवका क्रममा उहाँले जग्गादान गर्नुभएको हो ।

झलारीपिपलाडी नगरपालिका–५ खजुवा बस्ने चन्दले १० धुर जग्गादान गर्नुभएको महोत्सव मूल आयोजक समितिका वरिष्ठ कोषाध्यक्ष मधु बोहराले जानकारी दिनुभयो ।

महोत्सवमा प्राविधिक शिक्षालयका लागि झन्डै रु १५ लाख बढी आर्थिक रकम सङ्कलन भएको छ ।

पाठेघरको मुखको क्यान्सर पहिचानको कार्य सुरु

नेपाल परिवार नियोजन सङ्घ कञ्चनपुर शाखाले भिआइए विधिबाट निःशुल्क महिलाको पाठेघरको मुखको क्यान्सरको पहिचानको कार्य पुनः सुरु गरेको छ ।

चार वर्ष अघिदेखि सुरु गरिएको सेवा दक्ष जनशक्तिको अभावमा दुई वर्ष निरन्तर सञ्चालन भई बन्द भएको थियो । पुनः दक्ष जनशक्तिको व्यवस्था गरी शाखाले भिआइए सेवा सुरु गरेको हो ।
भिआइए विधिमा पाठेघरको मुखमा केमिकल लगाएर क्यान्सर भए नभएकोबारे यकिन गरी पहिचान गरिने व्यवस्था गरिएको छ ।

पाठेघरको मुखमा केमिकल लगाएपछि देखा पर्ने रङका आधारमा क्यान्सर भए नभएको जानकारी हुन्छ परिवार नियोजन शाखा कञ्चनपुरका कार्यालय प्रमुख शिवराज बलायरले भन्नुभयो, “केमिकल महँगो पर्ने गरेको भए पनि निःशुल्क परीक्षणको व्यवस्था मिलाएका छौँ ।”

पाठेघरको मुखको क्यान्सरबाट ३० वर्षदेखि ५० वर्ष उमेरका महिला बढी समस्यामा पर्ने गरेका छन् । कञ्चनपुरको भीमदत्तनगरपालिकामा शाखाले हालै घुम्ती शिविर सञ्चालन गरी २८४ जना महिलाको पाठेघरको मुखको क्यान्सर भए नभएको पहिचान गर्दा १३ जना महिलामा क्यान्सर भएको पाएको थियो ।

पाठेघरको क्यान्सरबाटै नेपालमा बर्सेनि १० प्रतिशत महिलाको मृत्यु हुने गरेको छ । क्यान्सरको समयमै उपचार गरे मातृमृत्यु दरलाई घटाउन सघाउ पु¥याउने स्वाथ्यकर्मी बताउँछन् । दश वर्षपछि हुने क्यान्सरको खतरालाई समेत परीक्षणले देखाउने भएकाले स्वास्थ्य प्रतिमहिलालाई सजग गराउन सकिने हुन्छ ।

कञ्चनपुरमा पाठेघर खसेकामध्ये तीन प्रतिशत महिलामा पाठेघरको मुखको क्यान्सर देखा पर्ने गरेको छ । रासस

वि.सं.२०७३ कात्तिक ११ बिहीवार ०८:१५ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...