back

शैक्षिक महोत्सवमा विद्यालयलाई जग्गादान

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

477 

shares
GLOBAL IME AD
NTC AD

 ११ कात्तिक,कञ्चनपुर कञ्चनपुरको झलारीपिपलाडी नगरपालिकामा बुधबार सम्पन्न प्राविधिक शिक्षाको शैक्षिक महोत्सवमा समाजसेवी भगवती चन्दले जग्गादान गर्नुभएको छ ।

राष्ट्रिय माध्यामिक विद्यालयमा प्राविधिक शिक्षाका लागि कात्तिक ३ देखि सुरु भई १० गते सम्पन्न शैक्षिक महोत्सवका क्रममा उहाँले जग्गादान गर्नुभएको हो ।

झलारीपिपलाडी नगरपालिका–५ खजुवा बस्ने चन्दले १० धुर जग्गादान गर्नुभएको महोत्सव मूल आयोजक समितिका वरिष्ठ कोषाध्यक्ष मधु बोहराले जानकारी दिनुभयो ।

महोत्सवमा प्राविधिक शिक्षालयका लागि झन्डै रु १५ लाख बढी आर्थिक रकम सङ्कलन भएको छ ।

पाठेघरको मुखको क्यान्सर पहिचानको कार्य सुरु

नेपाल परिवार नियोजन सङ्घ कञ्चनपुर शाखाले भिआइए विधिबाट निःशुल्क महिलाको पाठेघरको मुखको क्यान्सरको पहिचानको कार्य पुनः सुरु गरेको छ ।

चार वर्ष अघिदेखि सुरु गरिएको सेवा दक्ष जनशक्तिको अभावमा दुई वर्ष निरन्तर सञ्चालन भई बन्द भएको थियो । पुनः दक्ष जनशक्तिको व्यवस्था गरी शाखाले भिआइए सेवा सुरु गरेको हो ।
भिआइए विधिमा पाठेघरको मुखमा केमिकल लगाएर क्यान्सर भए नभएकोबारे यकिन गरी पहिचान गरिने व्यवस्था गरिएको छ ।

पाठेघरको मुखमा केमिकल लगाएपछि देखा पर्ने रङका आधारमा क्यान्सर भए नभएको जानकारी हुन्छ परिवार नियोजन शाखा कञ्चनपुरका कार्यालय प्रमुख शिवराज बलायरले भन्नुभयो, “केमिकल महँगो पर्ने गरेको भए पनि निःशुल्क परीक्षणको व्यवस्था मिलाएका छौँ ।”

पाठेघरको मुखको क्यान्सरबाट ३० वर्षदेखि ५० वर्ष उमेरका महिला बढी समस्यामा पर्ने गरेका छन् । कञ्चनपुरको भीमदत्तनगरपालिकामा शाखाले हालै घुम्ती शिविर सञ्चालन गरी २८४ जना महिलाको पाठेघरको मुखको क्यान्सर भए नभएको पहिचान गर्दा १३ जना महिलामा क्यान्सर भएको पाएको थियो ।

पाठेघरको क्यान्सरबाटै नेपालमा बर्सेनि १० प्रतिशत महिलाको मृत्यु हुने गरेको छ । क्यान्सरको समयमै उपचार गरे मातृमृत्यु दरलाई घटाउन सघाउ पु¥याउने स्वाथ्यकर्मी बताउँछन् । दश वर्षपछि हुने क्यान्सरको खतरालाई समेत परीक्षणले देखाउने भएकाले स्वास्थ्य प्रतिमहिलालाई सजग गराउन सकिने हुन्छ ।

कञ्चनपुरमा पाठेघर खसेकामध्ये तीन प्रतिशत महिलामा पाठेघरको मुखको क्यान्सर देखा पर्ने गरेको छ । रासस

वि.सं.२०७३ कात्तिक ११ बिहीवार ०८:१५ मा प्रकाशित

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...