back
CTIZAN AD

त्रियासी लाख बराबरको दान सङ्कलन

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

810 

shares

११ कात्तिक,रामपुर (पाल्पा) । तानसेन बहुमुखी क्याम्पस पाल्पामा सञ्चालन भएको श्रीमद् भागवत ज्ञान महायज्ञमा रु ८३ लाख बराबरको दान रकम सङ्कलन भएको छ ।

प्राविधिक विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले सञ्चालन भएको महायज्ञमा बुधबार मात्रै रु १९ लाख बराबरको दान रकम सङ्कलन भएको क्याम्पस प्रमुख राधेश्याम ज्ञवालीले बताउनुभयो । कात्तिक ५ गतेबाट तानसेन टुँडिखेल मैदानमा सञ्चालन भएको महायज्ञमा तुलादन, गौदान, लक्ष्यवती, व्रतबन्ध, ग्रहशान्ति, चौरासी पूजा भइरहेको मूल आयोजकले जनाएको छ । पण्डित दीनबन्धु पोखरेलले सङ्गीतमय शैलीमा कथावाचन गरिरहनुभएको महायज्ञ कात्तिक १२ गतेसम्म चल्नेछ ।

लागत अनुसारको मूल्य नपाएको दुग्ध व्यवसायीको गुनासो

जिल्लाका दुग्ध व्यवसायीले लागत अनुसारको दूधको मूल्य नपाएको गुनासो गरेका छन् ।

दूध बिक्री गर्ने उद्देश्यले पशुपालन बढाउँदै आएका यहाँका कृषकले दूधको बजार मूल्य सन्तोषजनक पाउन नसकेको बताएका छन् । व्यवसायमा इलमीको मेहनत र समयको कुनै मूल्यको हिसाब नभएको यहाँका कृषकले दुखेसो पोखेका छन् ।

बौघापोखरा थोकका कृषक टीकाराम रेश्मीले छ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातका गाई पालेर दूध बिक्री गर्दै आउनुभएको छ । तर उहाँले आफ्नो मेहनत र व्यवसायमा खर्चेको समयको कुनै महत्व व्यापारीले नबुझिदिएको बताउनुभयो । रेश्मीले अहिले तानसेन बजारको डेरीफार्ममा प्रतिलिटर रु ४५ देखि ४९ मा दूध बिक्री गर्दै आउनुभएको छ ।

तानसेनमा सञ्चालित गोरस घरले कृषकबाट खरिद गरेको दूध प्रतिलिटर ६४ देखि ६८ मूल्यमा उपभोक्तालाई बिक्री गर्दै आएको छ । रामपुरमा सञ्चालित डेरी फार्मवालाले प्रतिलिटर गाईको रु ७० र भैँसीको रु ८० मा उपभोक्तालाई बिक्री गर्दै आएको सञ्चालक माधव आचार्यले बताउनुभयो ।

दुग्ध व्यावसायिक सङ्घका जिल्ला अध्यक्ष टीकाराम खरालले कृषकको दूधको गुणस्तरको मात्रा मापन गरेर दूध खरिद गर्ने व्यवस्था मिलाएको बताउनुभयो । जिल्लामा हाल सङ्घमा सात वटा दुग्ध डेरीफार्म दर्ता भई सञ्चालनमा छन् । रासस

वि.सं.२०७३ कात्तिक ११ बिहीवार ०७:४२ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...