Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

त्रियासी लाख बराबरको दान सङ्कलन



११ कात्तिक,रामपुर (पाल्पा) । तानसेन बहुमुखी क्याम्पस पाल्पामा सञ्चालन भएको श्रीमद् भागवत ज्ञान महायज्ञमा रु ८३ लाख बराबरको दान रकम सङ्कलन भएको छ ।

प्राविधिक विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले सञ्चालन भएको महायज्ञमा बुधबार मात्रै रु १९ लाख बराबरको दान रकम सङ्कलन भएको क्याम्पस प्रमुख राधेश्याम ज्ञवालीले बताउनुभयो । कात्तिक ५ गतेबाट तानसेन टुँडिखेल मैदानमा सञ्चालन भएको महायज्ञमा तुलादन, गौदान, लक्ष्यवती, व्रतबन्ध, ग्रहशान्ति, चौरासी पूजा भइरहेको मूल आयोजकले जनाएको छ । पण्डित दीनबन्धु पोखरेलले सङ्गीतमय शैलीमा कथावाचन गरिरहनुभएको महायज्ञ कात्तिक १२ गतेसम्म चल्नेछ ।

लागत अनुसारको मूल्य नपाएको दुग्ध व्यवसायीको गुनासो

जिल्लाका दुग्ध व्यवसायीले लागत अनुसारको दूधको मूल्य नपाएको गुनासो गरेका छन् ।

दूध बिक्री गर्ने उद्देश्यले पशुपालन बढाउँदै आएका यहाँका कृषकले दूधको बजार मूल्य सन्तोषजनक पाउन नसकेको बताएका छन् । व्यवसायमा इलमीको मेहनत र समयको कुनै मूल्यको हिसाब नभएको यहाँका कृषकले दुखेसो पोखेका छन् ।

बौघापोखरा थोकका कृषक टीकाराम रेश्मीले छ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातका गाई पालेर दूध बिक्री गर्दै आउनुभएको छ । तर उहाँले आफ्नो मेहनत र व्यवसायमा खर्चेको समयको कुनै महत्व व्यापारीले नबुझिदिएको बताउनुभयो । रेश्मीले अहिले तानसेन बजारको डेरीफार्ममा प्रतिलिटर रु ४५ देखि ४९ मा दूध बिक्री गर्दै आउनुभएको छ ।

तानसेनमा सञ्चालित गोरस घरले कृषकबाट खरिद गरेको दूध प्रतिलिटर ६४ देखि ६८ मूल्यमा उपभोक्तालाई बिक्री गर्दै आएको छ । रामपुरमा सञ्चालित डेरी फार्मवालाले प्रतिलिटर गाईको रु ७० र भैँसीको रु ८० मा उपभोक्तालाई बिक्री गर्दै आएको सञ्चालक माधव आचार्यले बताउनुभयो ।

दुग्ध व्यावसायिक सङ्घका जिल्ला अध्यक्ष टीकाराम खरालले कृषकको दूधको गुणस्तरको मात्रा मापन गरेर दूध खरिद गर्ने व्यवस्था मिलाएको बताउनुभयो । जिल्लामा हाल सङ्घमा सात वटा दुग्ध डेरीफार्म दर्ता भई सञ्चालनमा छन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले