Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

अख्तियारको कामकारबाही जारी राख्न प्रधानमन्त्रीको आग्रह



prachanda

१० कात्तिक,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निमित्त आयुक्त दीप बस्न्यातसहितका आयुक्तले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछिको अवस्थाका विषयमा केन्द्रित रहेको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नियमित भेटघाटअन्तर्गत आजको भेट भएको बताउनुभयो । भेटमा प्रधानमन्त्रीले स्वायत्त र स्वतन्त्र निकायको रुपमा आफ्नो काम जारी राख्न आयोगलाई आग्रह गर्नुभएको आचार्यले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले आयोगको कामकारबाहीमा राजनीतिक दल र सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
गत कात्तिक ३ गते प्रमुख आयुक्त कार्कीविरुद्ध संसद्मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्रका १५७ सांसदले महाभियोगको प्रस्ताव दर्ता गरेपछि कार्की निलम्बित हुनुभएको छ । हाल वरिष्ठताको आधारमा बस्न्यातले निमित्त प्रमुख आयुक्तको जिम्मेवारी सम्हालिरनुभएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले