Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

लाइसेन्स बिना साउदीमा गाडी चलाउनु जीवन खतरामा पार्नु हो



ksa-road

११ कात्तिक, काठमाडौं । साउदीमा रहेका नेपालीहरुले विना लाइसेन्स गाडी नचलाउन एनआरएनए साउदीले अनुरोध गरेको छ ।
ड्राइभिङ लाइसेन्स बिना मालिकको करकापमा परी गाडी चलाउँदा दुर्घटना भएमा  मृत्यु भएकालाई ब्लड मनि तिनुपर्ने, क्षति भएको गाडीको इन्सुरेन्सले कभर नगर्ने, मर्मत खर्च चालकले व्यहोर्नुपर्ने तथा अन्य कारणले नेपालीहरु जेल जीवन बिताइरहनु परेको अवस्था रहेको भन्दै एनआरएनएले सो सूचना जारी गरेको छ ।
एनआरएनए साउदीले बिना चालक अनुमति पत्र गाडी नचलाउन साउदीमा रहेका र नवआगन्तुक नेपालीहरुलाई सजग गराइएको पनि यसै सूचनामार्फत जानकारी दिएको छ ।

 बिना  लाइसेन्स गाडी चलाउँदा  साउदीको सडकमा गाडी चलाउन त बन्द नै हुने भयो भने  जीवनभर जेलजीवन  बिताउन पर्ने हुनाले सबै सजग भएर   त्यहाँको कानुनको सम्मान गर्दै अनुशासनमा बस्नु नै  सबैका लागि राम्रो हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया