back
CTIZAN AD

दमकमा डेङ्गु नियन्त्रणका लागि विशेषज्ञ टोली

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

1K 

shares

११ कात्तिक ,काँकडभिट्टा (झापा)। झापाको दमक क्षेत्रमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीलाई एक सातादेखि निरन्तर परिचालन गरेर रोग नियन्त्रणको प्रयास जारी राखेको छ । अहिले यहाँ स्वास्थ्य मन्त्रालयबाटै आएको विशेषज्ञ टोली समेत खटिएको छ ।

दमक क्षेत्रमा मात्र डेङ्गु सङ्क्रमितको सङ्ख्या १०० नाघेपछि सरकारले टोली नै खटाएर नियन्त्रणको प्रयास गरेको हो । “हाम्रो ध्यान दमकमा छ,” जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख देवराज कार्की भन्नुहुन्छ – “सङ्क्रमितको पहिचान, उपचार र लामखुट्टे नियन्त्रणमा सरकारी टोलीले युद्धस्तरमा कार्य गरिरहेको छ ।”

धमाधम बिरामी बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले रोग प्रभावित क्षेत्रमा केन्द्रबाटै चिकित्सक र प्राविधिक टोली खटाउनु परेको जनाइएको छ ।

झापामा तीन वर्षअघि पनि डेङ्गु सङ्क्रमितको सङ्ख्या अत्यधिक बढेको थियो । सन् २०१२ मा मेचीनगर क्षेत्रमा यसको सङ्क्रमण बढी मात्रामा भेटिएको थियो । अहिले दमकमा धेरै पाइएको छ ।

स्वास्थ्य मन्त्रालयले दमकमा डेङ्गु जाँचका लागि आवश्यक कीटसहित डा यदुचन्द्र घिमिरे र ल्याब टेक्निसियन डबलबहादुर बिसीलाई खटाएको छ ।

उनीहरूले त्यहाँ पुगेर डेङ्गु नियन्त्रणका लागि काम गरिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार रोग प्रभावित क्षेत्रमा ‘सर्च एन्ड डिस्ट्रोएड’ अभियान पनि सञ्चालन गरिएको छ । टोलीले डेङ्गु फैलाउने लामखुट्टेका लार्भा नस्ट गर्ने कार्य गर्दछ ।

दमकमा डेङ्गु रोगबाट बच्न र बचाउन सचेतना कार्यक्रमलाई जनस्वास्थ्य कार्यालयले तीव्र तुल्याएको जनाएको छ । डेङ्गु रोक्ने उपाय लामखुट्टे नियन्त्रण नै एकमात्र भएकाले त्यसका लागि आवश्यक सतर्कता अपनाउन जनस्वास्थ्य कार्यालय झापाले सर्वसाधारण सबैलाई आह्वान गरेको छ । रासस

वि.सं.२०७३ कात्तिक ११ बिहीवार ०९:५८ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...