back

राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको ५४ औं बार्षिकोत्सब सम्पन्न

वि.सं.२०७५ माघ ११ शुक्रवार

438 

shares
GLOBAL IME AD
NTC AD

 

११ माघ, काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको ५४ औं बार्षिकोत्सब सम्पन्न भएको छ ।

बैंकको विहिबार सम्पन्न उक्त ५४ औं बार्षिकोत्सबको उद्घाटन गर्दै कार्यबाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सम्बृद्ध नेपाल सुखी नेपाली अभियानको सफलताको लागि सवै स्थानीय तहमा मात्र नभई हरेक वडा–वडामा बैंकको शाखा पुग्नुपर्ने बताएका थिए । कार्यबाहक प्रधानमन्त्री पोखरेलले बैंकहरुले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम विपन्न वर्ग, उत्पादनशील क्षेत्र तथा पूर्वाधार र युवा स्वरोजगारकोे क्षेत्रमा प्राथमिकताका साथ कर्जा लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।

का.वा प्रधानमन्त्री पोखरेलले राष्ट्रिय वाणिज्य बैंकले गरेको प्रगतीमा खूशी लागेको र सातै प्रदेशको ७७ वटै जिल्लामा पूगेर स्थानीय जनतालाई सेवा दिएकोमा बैंकलाई धन्यवाद समेत दिएका थिए ।
उक्त समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले नेपालको आर्थिक विकासमा रावा बैंकले खेलेको भुमिकाको सराहना गर्दै यो बैंक नेपालका अन्य वाणिज्य बैंकहरुको तुलनामा अग्रणि रहेको बताएका थिए ।


बैंकका संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले विगत १० वर्ष यता देखि बैंकको सवै वित्तीय सूचकहरु सकारात्मक ढगंले अगाडी बढिरहेको बताए । उनले बैंकले समयानुकुल रुपमा सबै क्षेत्रमा प्रगति गर्दै गईरहेको र बैंकलाई डिजिटल तर्फ लाने क्रममा विहिबारै तीनवटा शाखालाई स्मार्ट शाखाको रुपमा शुभारम्भ गरिएको बताए ।


त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराएका थिए । उनले २०७५ पुस मसान्तसम्म बैंकले १ खर्व ८२ अर्व रुपैंया निक्षेप संकलन गरी १ खर्व ३४ अर्ब रुपैंया कर्जा लगानी गरेको बताए । बैैंकले यस अवधिमा खुद मुनाफा १ अर्व ९६ करोड रुपैंया पु¥याएको छ । बैंकको कूल सम्पत्ती रु. २ खर्व ४ अर्ब रुपैंया पूगेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

आज भन्दा ५४ वर्ष अघि २०२२ साल माघ १० गते मूलूकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पू¥याउने उद्धेश्यका साथ स्थापना भएको यो वैंक विहिबारबाट सातैवटा प्रदेशमा देशका ७७ वटै जिल्लामा आफ्नो उपस्थिति जनाई ७७ ठठ वटै जिल्लामा पूग्ने पहिलो बाणिज्य बैंक बनेको छ ।
हाल मूलूकभर बैंकका २१७ वटा शाखा कार्यालय, १६५ वटा एटिएम, १७ स्थानमा एक्सचेन्ज काउण्टर ९३ स्थानमा शाखारहित वैंकिंग सेवा संचालनमा रहेका छन् ।


कार्यक्रममा बैंकको उत्कुष्ट शाखा कार्यालय घोषणा, उत्कृष्ट कर्मचारी घोषणा, कर्मचारी सम्मान कार्यक्रम, कर्मचारीहरुलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।

बैंकका २१७ शाखाहरु मध्ये शाखा कार्यालय नक्साल, पुल्चोक र हेटौंडा शाखालाई स्मार्ट ब्रान्चको रुपमा शुभारम्भ गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकमा क्रियाशिल तीन वटै ट्रेड यूनियनका अध्यक्षहरुले शुभकामना ब्यक्त गरेका थिए ।
त्यस्तै अर्थ मन्त्रालयमा सहसचिव उत्तरकुमार खत्री, बैंक संचालक समितिका सदस्यहरु, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह, कर्मचारी संचय कोषका कोष प्रशासक तुलसी गौतम, नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपाल, रावा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारीे र सुशिल श्रेष्ठ, ब्राण्ड एम्बास्डर मिस नेपाल २०१८ श्रृंखला खतिवडा, नायव महाप्रवन्धकहरु केशब प्रसाद लम्साल, टेकराज जोशी र महेन्द्रप्रसाद अवस्थी, विभागिय प्रमुखहरु लगायत कर्मचारीहरुको भब्य उपस्थिती रहेको थियो ।

 

वि.सं.२०७५ माघ ११ शुक्रवार १५:४९ मा प्रकाशित

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि विभागले चलायाे मुद्दा

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि विभागले चलायाे मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले बानेश्वरमा कार्यालय रहेको ध्रुव कन्स्ट्रक्सन...

रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने

रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने

तम्घास । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन...

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘ढुम्बाताल’

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘ढुम्बाताल’

  सुन्दरकुमार थकाली/मुस्ताङ । नीलगिरि हिमालको फेदैमा घरपझोङ–५ सम्लेस्थित ढुम्बाताल...