back

विरोधका बीच पारित भयो राष्ट्रिय चिकित्सा शिक्षा विधेयक

वि.सं.२०७५ माघ ११ शुक्रवार

435 

shares
GLOBAL IME AD
NTC AD

 

११ माघ, काठमाडौ ।  प्रमुख प्रतिपक्ष दलको प्रतिरोधबीच प्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतबाट पारित भएको छ ।

प्रमुख प्रतिपक्ष दलको अवरोध र नाराबाजीबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक पारित गरियोस भनी प्रस्तुत गरेका थिए । चिकित्सा शिक्षा क्षेत्रमा सुधार ल्याउन माग गर्दै पटक पटक अनशन गर्दै आएका प्रा डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको भावनानुसार सरकारले चिकित्सा शिक्षासम्बन्धी विधेयक संसद्मा ल्याएको हो ।

यसअघि बैठकमा सभामुख कृष्णबहादुर महराले राज्यको लगानी अभिवृद्धि गर्न तथा चिकित्सा शिक्षालाई गुणस्तरीय, भौगोलिक सन्तुलन र सर्वसुलभ तुल्याउने उद्देश्यले संसद्ले राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी ऐन ल्याएको जानकारी दिए ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा लामो छलफल, रस्साकस्सी र बहसपछि बहुमतका आधारमा अघि बढाइएको उक्त विधेयकलाई निकै चासोका साथ हेरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सरकार र प्रा डा केसीबीच गत साउनमा भएको सहमतिको पूर्णरुपमा पालना हुनुपर्ने माग गर्दै सहमतिविपरीत विधेयक अघि बढाइएमा विरोध गर्ने चेतावनी दिँदै आएको थियो ।

सरकारले भने उक्त विधेयकमा प्रा डा केसीले उठाएका ९५ प्रतिशत माग सम्बोधन गरिएको जिकिर गर्दै आएको छ । पन्ध्रौँ पटकको अनशनका क्रममा सरकार र आफूबीच भएको सहमतिको पूर्ण कार्यान्वयन गर्न दवाव दिन प्रा डा केसी अहिले १६औँ पटकको अनशनमा छन् ।

चिकित्सा शिक्षा विधेयकको विषयलाई लिएर हुन सक्ने तनावलाई दृष्टिगत गरी सरकारले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन वरपर सुरक्षा व्यवस्था कडा तुल्याएको थियो । उक्त विधेयक अघि बढाउन बढाउने सन्दर्भमा सहमति खोज्ने क्रममा निर्धारित समयभन्दा करीब एक घण्टा ढिलो अर्थात् अपराह्न २ बजे मात्र बैठक शुरु भएको थियो ।

यसअघि सभामुखले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षका सांसद आआफ्ना स्थानबाट उठेर विरोध जनाएपछि सभामुख महराले काङ्ग्रेसका सचेतक पुष्पा भुसाललाई बोल्न समय दिएका थिए ।

सांसद भुसालले अलगअलग रोगसम्बन्धी मुलुकका विभिन्न भागमा स्थापना भएका ११ अस्पतालमध्ये जिपी कोइराला श्वासप्रश्वास अस्पताल, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई कसरी सञ्चालन गर्ने भन्नेबारे स्पष्ट पार्न माग गरे । उनले भने, “नेपाली काङ्ग्रेस र नेताको अवमूल्यन गर्ने प्रयास भएकामा आपत्ति प्रकट गर्छौं, स्व गणेशमानसिंहलगायतका नेताको योगदानको अवमूल्यन गरेर नेपालको संवैधानिक इतिहास पूरा होला ?”

सरकार दुई तिहाइको बलमा चलाउन सकिए पनि सदन दुई तिहाइका बलमा चलाउन सकिन्न भन्ने सरकार र सत्तापक्षले बुझ्न आवश्यक भएको उनले स्पष्ट गरे ।

भुसालको मन्तव्यपछि प्रतिपक्षी सांसदले उठेर रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए । बैठकमा सभामुख महराले भन्नुभयो, “प्रतिपक्ष दलका उठाएको विषयवस्तुमाथि सरकारलाई जवाफ दिन पहिले नै रुलिङ गरिसकेको हुँदा अवरोध नगर्नुस्, आआफ्नो स्थान ग्रहण गर्नुस्, सदनको कारवाही नियमित गर्न सहयोग गर्नुस ।”

उनले पटक पटक प्रतिपक्षसँग संसद् सञ्चालन गर्न आग्रह  गरिरहेका थिए। “यहाँहरुको विरोध पर्याप्त भएको छ, संसदीय सर्वोच्चता कायम गर्नुस्”,  उनले यसरी नै आग्रह गरिरहेका थिए । उक्त विधेयक अघि बढाउन बढाउन बैठकअघि सरकार र प्रतिपक्षबीच सहमति खोज्ने प्रयास गरिएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही माघ १७ गते अपराह्न १ बजे बस्नेछ ।

वि.सं.२०७५ माघ ११ शुक्रवार १५:४८ मा प्रकाशित

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने

तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने

काठमाडौँ । तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने...

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति रु...

प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रम बहुमतले पारित

प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को...

छुट्टाछुट्टै घटनाका दुई हत्याका आरोपी पक्राउ

छुट्टाछुट्टै घटनाका दुई हत्याका आरोपी पक्राउ

काठमाडौँ । खोटाङ, आफ्नै श्रीमान् ५१ वर्षीय पाँचकर्ण राईको हत्या...

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई...