back
CTIZAN AD

महाअभियोगबारे औपचारिक निर्णय लिन देउवालाई आग्रह

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

1.1K 

shares

 ११ कात्तिक,काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजको एक प्रतिनिधिमण्डलले आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावका विषयमा जतिसक्दो चाँडो औपचारिक निर्णय गर्न अपिल गरेको छ ।

“प्रतिनिधिमण्डलले कार्कीको नियुक्तिको नै शान्ति समाजले विरोध गरेको र आपत्ति जनाएको स्मरण गराउँदै कार्कीविरुद्ध उभिने कुरामा औपचारिक निर्णय गर्न काँग्रेसले ढिलो गर्न नहुने कुरामा जोड दिएको छ”– भेटपछि शान्ति समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । भेटका क्रममा सभापति देउवाले काँग्रेस न्यायको पक्षमा उभिने कुरामा विश्वस्त रहन आग्रह गर्नुभएको शान्ति समाजले जनाएको छ ।

समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गङ्गाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाईं, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव उत्तम पुडासैनी र कोषाध्यक्ष रेणुका पौडेल सम्मिलित उक्त प्रतिनिधिमण्डलले लागुऔषधको दुरुपयोग र लागुपदार्थ दुव्र्यसनविरुद्ध शान्ति समाजले सुरू गरेको अभियानबारे पनि सभापति देउवालाई जानकारी गराएको थियो । रासस

वि.सं.२०७३ कात्तिक ११ बिहीवार १०:१७ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...