back

महाअभियोगबारे औपचारिक निर्णय लिन देउवालाई आग्रह

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

603 

shares
IME Limited
NTC AD

 ११ कात्तिक,काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजको एक प्रतिनिधिमण्डलले आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावका विषयमा जतिसक्दो चाँडो औपचारिक निर्णय गर्न अपिल गरेको छ ।

“प्रतिनिधिमण्डलले कार्कीको नियुक्तिको नै शान्ति समाजले विरोध गरेको र आपत्ति जनाएको स्मरण गराउँदै कार्कीविरुद्ध उभिने कुरामा औपचारिक निर्णय गर्न काँग्रेसले ढिलो गर्न नहुने कुरामा जोड दिएको छ”– भेटपछि शान्ति समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । भेटका क्रममा सभापति देउवाले काँग्रेस न्यायको पक्षमा उभिने कुरामा विश्वस्त रहन आग्रह गर्नुभएको शान्ति समाजले जनाएको छ ।

समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गङ्गाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाईं, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव उत्तम पुडासैनी र कोषाध्यक्ष रेणुका पौडेल सम्मिलित उक्त प्रतिनिधिमण्डलले लागुऔषधको दुरुपयोग र लागुपदार्थ दुव्र्यसनविरुद्ध शान्ति समाजले सुरू गरेको अभियानबारे पनि सभापति देउवालाई जानकारी गराएको थियो । रासस

वि.सं.२०७३ कात्तिक ११ बिहीवार १०:१७ मा प्रकाशित

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

दशथचन्द (बैतडी) । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु...

आजको मौसम विवरण : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

महाकाली नदीको तल्लोे तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

महाकाली नदीको तल्लोे तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

दोधारा चाँदनी (कञ्चनपुर) । जल तथा मौसम विज्ञान विभागले महाकाली...

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी-पहिरो र डुुबानको जोखिममा

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी-पहिरो र डुुबानको जोखिममा

चितवन । यहाँका २५ हजार ७३३ घरपरिवार बाढी पहिरोको जोखिममा...

अध्यक्ष बन्नलाई नै एमालेमा फर्किएकी हुँ : विद्या भण्डारी

अध्यक्ष बन्नलाई नै एमालेमा फर्किएकी हुँ : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्ष बन्नकै लागि...

छ बुँदे सहमतिपछि सुन पसलहरु आजदेखि खुल्यो

छ बुँदे सहमतिपछि सुन पसलहरु आजदेखि खुल्यो

काठमाडौं । सुनचाँदी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । बिहीबार...