back

महाअभियोग प्रस्तावबाट दलहरुबीच नयाँ एकता कायम हुने

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

663 

shares
IME Limited
NTC AD

११ कात्तिक,काठमाडौँ। राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाले अख्तियार प्रमुखका विरुद्ध ल्याइएको महाअभियोग प्रस्तावबारेमा पार्टी बैठकपछि निर्णय लिइने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले सो विषय अदालतमा विचाराधीन रहेकाले दलहरुले हतार गर्न आवश्यक नभएको बरु संविधान कार्यान्वयन गरी निर्धारित समयमा चुनाव सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

भूकम्पबाट प्रभावित जनतालाई राहत तथा भूकम्पले भत्काएका संरचनाको पुनःनिर्माणमा लाग्नुपर्ने बेला दलहरु अन्य विषयमा अल्मलिन नहुने उहाँको भनाइ थियो ।

नेकपा (एमाले)का नेता शङ्कर पोखरेलले महाअभियोग प्रस्तावले दलहरुबीच नयाँ एकता कायम हुने विश्वास व्यक्त गर्दै त्यो एकताले देशमा निर्धारित समयमा निर्वाचन सम्पन्न गर्ने वातावरण सिर्जना गर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “सो प्रस्ताव पारित गराउन काँग्रेसले सहयोग गर्छ ।”

नेपाली काँग्रेसका नेता दीपक खड्काले महाअभियोग प्रस्तावमा रहस्य लुकेको आशङ्का व्यक्त गर्दै महाअभियोग सिफारिस समितिको निर्णयपछि त्यसबारे पार्टीले धारणा सार्वजनिक गर्ने बताउनुभयो ।

महाअभियोग सिफारिस समितिमा सदस्य समेत रहनुभएका राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले आफ्नो पार्टीका अध्यक्ष विदेश भ्रमणबाट फर्केपछि बस्ने बैठकले प्रस्तावको पक्ष तथा विपक्षमा मतदान गर्नेबारे निर्णय लिने जानकारी दिनुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता मणि थापाले प्रस्ताव ल्याउँदा केही प्राविधिक त्रुटि भएको स्वीकार्दै सो प्रस्ताव कसले ल्यायो भन्दा पनि प्रस्तावमा के छ ? भन्ने विषय महत्वपूर्ण हुने बताउनुभयो । रासस

वि.सं.२०७३ कात्तिक ११ बिहीवार १०:११ मा प्रकाशित

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कार्यपालिका बैठक बोलाएका...

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

दमौली । यहाँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा विद्युत् चुहिएर...

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन

तानसेन । जिल्ला ट्राफिक कार्यालयले नियमविपरीत सवारी साधन चलाएका ५९...

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

वीरगञ्ज । पौडी सिक्न गएका यहाँका एक बालकको डुबेर मृत्यु...