back
CTIZAN AD

मेडिकल कलेज निर्माण पूर्वाधारको बाटो खुल्यो

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

1.4K 

shares

११ कात्तिक, धनगढी । रुख कटानीको आदेशपछि कैलाली जिल्लाको साविक गेटा गाविस (हाल अत्तरिया नपा)मा मेडिकल कलेज निर्माणसम्बन्धी पूर्वाधारको निर्माणको बाटो खुलेको छ ।

कलेजको भोगाधिकारमा रहेको जग्गाका रुख वन मन्त्रालयले यही कात्तिकबाट कटान गर्ने आदेश दिएपछि रुख कटानको काम सुरु भएको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताउनुभयो ।

यसअघिसम्म रुख कटानको आदेश नहुँदा भौतिक पूर्वाधार निर्माणसम्बन्धी काम अघि बढ्न सकेको थिएन । यद्यपि सरकारले छुट्याएको ५१.८ हेक्टर क्षेत्रफलको जग्गा कलेजको भोगाधिकारमा आएपछि उक्त जग्गाको तारबार, नक्साङ्कनलगायतका काम पूरा गरिएको छ ।

उक्त जग्गामा रहेका ४५३ वटा रुख काट्ने आदेश दिएसँगै भौतिक पूर्वाधारको काम अगाडि बढाउन बाटो खुलेको हो । वातावरण प्रभाव मूल्याङ्कन (इआइए) हुन नसक्दा रुख कटानीको आदेश पनि ढिलो गरी आएको बताइएको छ ।

“मेडिकल कलेज निर्माण क्षेत्रमा रुख काट्ने काम सुरु भइसकेको छ, समितिका कार्यकारी निर्देशक पुजाराले भन्नुभयो – जग्गा पूरै खाली भएपछि तत्काल ३०० श्ययाको अस्पताल र कलेज भवनको निर्माण अघि बढाउन प्रक्रिया सुरु भइसकेको छ ।”

सार्वजनिक खरिद ऐन नियमावलीमा सरकारले संशोधन गरेको र नियमावली ननिस्किसकेकाले अस्पताल र कलेज भवनको निर्माणको लागि ठेक्का दिने काममा केही ढिलाइ भइरहेको उहाँले बताउनुभयो ।

सरकारले गेटा मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि चालु आवमा रु ५० करोड विनियोजन गरेको छ ।

विसं २०६६मा तत्कालीन सरकारले गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेको थियो । रासस

वि.सं.२०७३ कात्तिक ११ बिहीवार १४:५१ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...