back
CTIZAN AD

नेकपा प्रदेश ५ को एकता : ७५ स्थानीय तहको टुङ्गियो

वि.सं.२०७५ माघ १५ मंगलवार

750 

shares

१५ माघ,लमही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं ५ मा एकता प्रक्रिया अघि बढेको छ । दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतापछि यस प्रदेशका स्थानीय तहमा एकता प्रक्रियालाई तीव्रता दिइएको प्रदेश सचिव जगप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार प्रदेश नं ५ का १०९ वटा स्थानीय तहमध्ये ७५ स्थानीय तहको पार्टी एकता टुङ्ग्याएर शपथ पनि गराइसकिएको छ । प्रदेशका छ वटा जिल्लाका सबै स्थानीय तहको एकता टुङ्ग्याएर शपथ गराइएको छ भने बाँकी पाँच जिल्लाको एकतालाई तीव्रता दिइएको उनको भनाइ थियो ।

गुल्मीको दुई नगरपालिका र १० गाउँपालिका, पाल्पाको दुई नगरपालिका र आठ गाउँपालिका, नवलपरासीका तीन नगरपालिका र चार गाउँपालिका, कपिलवस्तुका छ नगरपालिका र चार गाउँपालिका, बर्दियाका छ नगरपालिका र दुई गाउँपालिका तथा रुपन्देहीका एक उपमहानगरपालिका, पाँच नगरपालिका १० गाउँपालिकाको स्थानीय तहको एकता पूरा भइसकेको छ ।

प्यूठानका नौमध्ये आठ वटा तहको एकता भइसकेको छ । प्रदेश नं ५ का १०९ स्थानीय तहमध्ये बाँकी ३४ स्थानीय तहको पनि माघ महीना भित्रै टुङ्गिने जनाइएको छ । तीबाहेक प्यूठानका बाँकी स्थानीय तहसहित दाङ ,रोल्पा, बाँके, अर्घाखाँची र रुकुमपूर्वका स्थानीय तहको छिट्टै टुङ्गिने प्रदेश सचिव शर्माले बताए ।
“हामीले प्रदेश ५ का ७५ स्थानीय तहको एकता पूरा गरिसकेका छौँ”, उनले भने “ बाँकी स्थानीय तहको माघभित्रै पूरा गर्छौं ।” प्रदेश नं ५ मा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका छन् ।

वि.सं.२०७५ माघ १५ मंगलवार १६:०८ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...