१२ कात्तिक, उर्लाबारी (मोरङ) । राजघाट–५ स्थित उर्लाबारी–बरडङ्गा सडक खण्डमा विहिबार साँझ बिजुलीको खम्बामा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईका अनुसार साँझ ७ः १५ बजेतिर उर्लाबारीबाट इटहरातर्फ जाँदै गरेको मे२प ६५१८ नंको मोटरसाइकल सडक छेउको बिजुलीको खम्बामा ठोक्किएर दुर्घटना हुँदा चालक मोरङ इटहरा– ३ का २३ वर्षीय समिर भट्टराईको मृत्यु भएको हो । मोटसाइकलमा सवार सोही ठाउँका २३ वर्षीय मिलन कार्की गम्भीर घाइते भएकाले उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचार भइरहेको छ ।
यसैबीच बयरवन–९ बस्ने २७ वर्षीया कमला विकको विहिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ । घरमा रहेको ट्युबवेल चलाउने क्रममा मोटरको तारबाट विद्युत् चुहिएर करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।