back
CTIZAN AD

बालबालिकामा ‘इन्टरनेट लत’ को समस्या

वि.सं.२०७५ माघ २३ बुधवार

987 

shares

२३ माघ, काठमाडौ ।  दुई र तीन वर्ष पहिलेसम्म पढाइमा राम्रो छोरा विस्तारै कमजोर बन्दै जाँदा सातदोबाटोका रमण थापा हैरान थिए । चार कक्षामा अध्ययनरत १२ वर्षीय उनको छोरा रोहन केही समयदेखि विद्यालयबाट फर्किएपछि झोला नै खोल्न नचाहने गरेकोे उनले बताए । छोराको पढाइप्रतिको वितृष्णा र एकोहोरो हुने बानीले उनी पहिले निजी अस्पतालमा जाँच गर्न पुगे । त्यहाँको सिफारिशमा उनी अघिल्लो साता लगनखेलस्थित मानसिक अस्पताल आइपुगेका थिए । बालकको घरमा मात्रै नभएर विद्यालयमा समेत व्यवहार बदलिँदै गएको शिक्षकले बताउने गरेको उनले मानसिक रोग विशेषज्ञलाई बताए । त्यहाँ आएपछि मात्र उनले छोरामा इन्टरनेटको लतले यस्तो समस्या आएको थाहा पाए ।

थापा मात्रै होइन, काठमाडौँ उपत्यकालगायत देशका शहरी क्षेत्रमा धेरै अभिभावक सन्तानले इन्टरनेटमा मात्रै ध्यान दिँदा हैरान छन् । इन्टरनेटको पहुँच नागरिकमा बढ्दै जाँदा बालबालिका विद्यालयले दिएको गृहकार्य गर्ने र पढ्नेभन्दा मोबाइल, ल्यापटप र कम्प्युटरमा इन्टरनेट चलाउने गर्छन् । इन्टरनेटको अत्यधिक प्रयोगकै कारण कक्षामा पनि विद्यार्थी टोलाउने र पढाइका कुरामा ध्यान नदिएको भन्दै धेरै अभिभावक सन्तान लिएर मानसिक रोग विशेषज्ञसम्म पुग्ने गरेको अस्पतालले जनाएको छ ।

मानसिक अस्पतालमा कार्यरत प्रमुख ‘कन्सल्टेन्ट साइक्याट्रिस्ट’ अनन्त अधिकारीले सन्तानलाई इन्टरनेटको लत लागेको भन्दै अस्पताल आउने अभिभावकको सङ्ख्या बढ्दै गएको बताए । उनका अनुसार १० वर्षदेखि १७÷१८ वर्षसम्मका किशोरकिशोरीमा यस्तो लत पाइएको छ । इन्टरनेटको प्रयोग आफैँमा समस्या नभए पनि यसको अत्यधिक प्रयोगले धेरै समस्यालाई निम्त्याउने गरेको उनले औँल्याए । बालबालिकामा निन्द्रा कम हुने, पढाइमा कमजोर हुने, एकोहोरो टोलाउनेलगायतका समस्या पाइएको अस्पतालले जनाएको छ ।

“विश्वका विकसित देशहरूले बालबालिकामा इन्टरनेटको लतलाई रोगको एउटा प्रकारको रूपमा स्वीकार गरिसके”, उनले भने, “हाम्रो देशमा पनि इन्टरनेटको पहुँच धेरै मानिसम्म पुग्दा यो समस्या बढ्दै गइरहेको छ ।”

विद्यालयमा अध्ययनरत विद्यार्थीले इन्टरनेटको अधिक प्रयोग गर्दा घरमा आमाबाबुले बोलाउँदा नसुन्ने र झर्को मान्ने गरेको अभिभावकले बताउने गरेको अधिकारीले बताए । अरु मानसिक रोगको जस्तै समयमा उपचार नगर्दा यो रोगले ठूलो रूप लिने भन्दै समयमा उपचार गर्न उनले अभिभावकलाई सुझाव दिए । उनले भने, “समयमा उपचार गर्न नसके भोलि गएर ती बालबालिका ‘डिप्रेशन’लगायतका कडा खालका मानसिक रोगका सिकार नहोलान भन्न सकिँदैन ।”

इन्टरनेटको प्रयोग वयस्क व्यक्तिले धेरै समयसम्म गर्ने भए पनि बालबालिकामा जस्तो उनीहरूमा मानसिक समस्या नदेखिएको अधिकारीले बताए । दश वर्षभन्दा साना उमेरका बालबालिकासमेत चाहेको समयमा इन्टरनेट नपाउँदा झिँजो मान्ने र झगडालु बन्ने गरेको पाइएको अस्पतालले जनाएको छ । अधिकारीले भने, “बालबालिकामा स्मरणशक्ति हराउँदै जाँदा पहिलेभन्दा पढाइ क्रमशः नराम्रो हुँदै गएको अभिभावक बताउँछन् ।”

उनका अनुसार विकसित देशमा जस्तो अहिले नै यो समस्याले ठूलो रूप लिइसकेको छैन । इन्टरनेटको पहुँच बढ्दै जाँदा सँगसँगै यो समस्या बढ्दै गएको यहाँ आउने बालबालिकाको सङ्ख्याले देखाएको छ । उनले भने “अहिले नै यसको समाधानमा नलागे भविष्यमा ठूलै रूप लिनसक्छ ।”

बालबालिकामा इन्टरनेट अत्यधिक प्रयोगकै कारण विभिन्न किसिमका ‘साइबर’ अपराधमा समेत पीडित र पीडकका रूपमा बालबालिकाको संलग्नता बढेको प्रहरीमा आउने उजुरीले समेत देखाएको छ । बालबालिकामा इन्टरनेटको अधिक प्रयोगले भविष्यमा लागुऔषध सेवनको समेत उत्तिकै सम्भावना रहेको छ ।

देशभरका सरकारी स्वास्थ्य संस्थाले मानसिक समस्याको उपचारका लागि मानसिक स्वास्थ्यको केन्द्रीय अस्पतालका रूपमा उक्त अस्पतालमा सिफारिश गर्दै आएका छन् । विभिन्न निजी अस्पतालले सेवा शुरु गरे पनि यहाँ आउने बिरामी वर्षेनी बढिरहेको अस्पतालले जनाएको छ । अस्पतालको बहिरङ्ग विभागमा दैनिक औसत १५० सम्म बिरामी आउने गरेका छन् । भर्ना हुने बिरामीका लागि अस्पतालमा रहेको ं५० शय्या पनि सधैँ भरिने गरेको छ ।

वि.सं.२०७५ माघ २३ बुधवार ११:३३ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

काठमाडौँ । पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमालमा अस्ताएका पर्वतारोही पुरबहादुर गुरुङ...

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

काठमाडौं । अमेरिकी भिसा आवेदन तथा अन्तर्वार्ताका क्रममा सोधिएका प्रश्नको...