back
CTIZAN AD

स्वास्थ्य बीमाप्रति आकर्षण बढ्दै

वि.सं.२०७५ माघ २३ बुधवार

972 

shares

२३ माघ, टीकापुर । केही महीनाअघि टीकापुर नगरपालिका–१ की शान्ति काफ्लेको छातीमा समस्या भयो । टीकापुर अस्पतालबाट केही दिन औषधि खाँदा सञ्चो नभएपछि भक्तपुर क्यान्सर अस्पताल सिफारिश गरियो र उनको त्यही उपचार भयो । “मलाई कति पैसा लाग्यो भन्ने कुराको चिन्ता भएन, आउनेजाने खर्चबाहेक सबै खर्च स्वास्थ्य बीमा बोर्डले ति¥यो,” काफ्ले भन्नछन्, “स्वास्थ्य बीमा गरिराखे बिरामी भएका बेला कार्ड बोकेर गए निःशुल्क उपचार पाइने भएकाले सजिलो भएको छ ।”

लम्कीचुहा नगरपालिका लम्कीकी लालकौँरा पाण्डेले टीकापुर अस्पतालबाट चार पटक सेवा लिइसकेका छन् । “मेरो हातमा समस्या हुँदा अस्पताल आएँ, यहाँबाट नेपालगञ्ज पठायो । शल्यक्रिया नै गर्नुपर्ने भनेपछि सिफारिश लिएर वीर अस्पताल काठमाडौँ गएँ, एमआरआईलगायतका सबै जाँच गरेर अन्तिममा शल्यक्रिया नै गर्नुप¥यो”, पाण्डेले भने, “बीमा नगरेको भए कति पो खर्च लाग्ने थियो, बीमा राम्रो लाग्यो जेठसम्म म्याद छ फेरि नवीकरण गर्ने हो ।”

कैलालीमा यसरी स्वास्थ्य बीमा गर्नेको सङ्ख्या एक लाख नाघेको छ । विसं २०७४ जेठदेखि माघ १० सम्म स्वास्थ्य बीमा गर्नेको सङ्ख्या एक लाख ३०८ पुगेको स्वास्थ्य बीमा बोर्ड कैलालीका दर्ता अधिकारी अनमोल रावलले जानकारी दिए । बिमितको सङ्ख्या बढ्दै जाँदा यसको चाप अस्पतालमा पर्न थालेको छ । टीकापुर अस्पताललाई पहिलो सेवाविन्दु मानेर उपचार गर्ने बिमितको सङ्ख्या ४१ हजार नाघेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा नरेन्द्र खनाल बताए । अस्पतालमा कैलालीका आठ र बर्दियाका दुई स्थानीय तहबाट आउने बिरामीले उपचार लिइरहेका छन् ।

टीकापुर अस्पतालका व्यवस्थापक टेकराज भट्टका अनुसार विसं २०७५ साउनदेखि पुस मसान्तसम्म टीकापुर अस्पताल आएका जम्मा ३७ हजार ४३६ बिरामीमध्ये आठ हजार ५४६ ९२३ प्रतिशत० बिमित बिरामी आएका छन् । बिमितले रु १६ लाख ५४ हजार बराबरको प्रयोगशाला सेवा, एक्सरे, चिरफारको सेवा र रु २० लाख २४ हजारको औषधि बीमाबाट उपभोग गरिसकेका छन् । यही अवधिका पाँच हजार ७४४ लाई निःशूल्क उपचार गरिएको छ । अस्पतालले ज्येष्ठ नागरिक, विपन्न, गरीब, अपाङ्गता भएका व्यक्ति, स्वयंसेवक, एचआइभी सङ्क्रमितको उपचार निःशुल्क गर्दै आएको छ ।

बिमित सेवाग्राही बढेपछि बिमित र बिरामीको चापअनुसार जनशक्ति र औषधि पु¥याउन भने टीकापुर अस्पताललाई हम्मेहम्मे परेको छ । “सरकारले स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय दिने भनेको छ तर चिकित्सक र औषधि अभावमा नागरिकलाई सन्तुष्ट बनाउन मुस्किल परेको छ”, मेडिकल सुपरीटेन्डेन्ट खनाल भन्नछन् “सरकारले निःशुल्क दिने भनेको औषधि बिरामीको चापअनुसार र एकएक प्रसूति रोग विशेषज्ञ र फिजिसियन भैदिए यहाँका बिरामीलाई धेरै कुरामा राहत दिन सकिन्छ ।” स्वास्थ्य बीमा बोर्डका दर्ता सहयोगी सूर्या भट्टराई पनि टीकापुर अस्पतालमा सेवा लिने सेवाग्राही सन्तुष्ट हुँदै गएको तर पूरै सन्तुष्ट राख्न केही सेवा थप हुनुपर्ने बताए ।

वि.सं.२०७५ माघ २३ बुधवार ११:५८ मा प्रकाशित

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

काठमाडौं । रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको भोटेकोसी नदीमा...

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

धादिङ । प्रलयकारी बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी...

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...