back
CTIZAN AD

पेट्रोलियम पदार्थको प्रयोगमा वृद्धि

वि.सं.२०७५ माघ २७ आइतवार

690 

shares

२७ माघ, बेइजिङ, चीन ।  चीनको प्रशोधित पेट्रोलियम पदार्थको प्रयोगमा सन् २०१८ मा वृद्धि भएको शनिबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

“चीनमा गत बर्ष झण्डै ३२ करोड ५० लाख टन प्रशोधित तेलको खपत भएको छ यो अघिल्लो बर्षको तुलनामा छ प्रतिशत बढी हो,” चीनको राष्ट्रिय विकास तथा सुधार आयोगद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

तेल उपयोगको गति सन् २०१७ मा ५।९ प्रतिशत रहेको थियो । सन् २०१८ मा कार प्रयोगमा ७।८ प्रतिशतको वृद्धि रहेको थियो । सन् २०१७ मा चीनमा कार प्रयोग गर्ने व्यक्तिको सङ्ख्यामा १०।२ प्रतिशत रहेकोमा यसमा वृद्धि आई १८ प्रतिशत पुगेको हो ।

गत वर्ष डिजेल प्रयोगमा गत वर्षभन्दा चार प्रतिशतले वृद्धि आएको देखिएको छ । यो पनि डिजेल प्रयोगमा देखिएको सामान्य वृद्धि हो ।

प्रशोधित तेलको जम्मा उत्पादन ३६ करोड ८० लाख टन पुगेको छ जुन अघिल्लो वर्षको तुलनामा ६।३ प्रतिशत वृद्धि हो ।

चीनको कच्चा तेल उत्पादनमा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा १।१ प्रतिशतले कमी आई जम्मा १८ करोड ९० लाख टन पुगेको छ भने कच्चा तेल प्रशोधनमा ४।६ प्रतिशतले वृद्धि भई जम्मा ५८ करोड ८० लाख टन पुगेको छ ।

वि.सं.२०७५ माघ २७ आइतवार १०:२९ मा प्रकाशित

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...