back
CTIZAN AD

मोटरसाइकलको ठक्करबाट पूर्व सैनिकको मृत्यु

वि.सं.२०७३ कात्तिक १३ शनिवार

927 

shares

१३ कात्तिक,भीमदत्तनगर । इलाका प्रहरी कार्यालय झलारीको मोटरसाइकलको ठक्करबाट गए राति कञ्चनपुर, झलारीपिपलाडी नगरपालिका–११ कलुवापुरका ५५ वर्षीय प्रतापसिंह महराको मृत्यु भएको छ ।

पूर्व सैनिक महरा राति झलारी बजारबाट पूर्वपश्चिम राजमार्गमा पैदल हिँड्दै घरतर्फ गइरहेका बेला विपरीत दिशाबाट आएको प्रहरीको मोटरसाइकलले राजमार्गको सुनवरा नदी नजिकै ठक्कर दिई घाइते बनाएको र उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले मोटरसाइकल नं र चालक प्रहरीलाई सार्वजनिक गरेको छैन । घटनाबारे थप अनुसन्धान गर्न जिप्रकाबाट प्रहरी टोली घटनास्थल पुगेको छ । रासस

वि.सं.२०७३ कात्तिक १३ शनिवार ०७:१३ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...